२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा चासो व्यक्त गर्दै १२ टेलिभिजन च्यानल बन्द

२०७३, १४ आश्विन शुक्रबार १०:५३

असोज १४, टर्की । राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ ।

जुलाई १५ मा टर्कीमा गरिएको असफल सैनिक विद्रोहपछि राज्यमा सङ्कटकालको घोषणा गरिएको छ भने कैयौँ समाचार संस्था बन्द भएका छन् । यी सञ्चार माध्यममा अमेरिकामा घोषित निर्वासनमा रहनु भएका टर्कीका इस्लाम धर्मगुरु फेतुल्लहा गुलेनको आवद्धता रहेको र उनीहरूलाई राज्य विद्रोह गर्न उक्साउन प्रयोग गरिएको आरोप सरकारको छ ।

गुलेनले भने आफूमाथि सरकारद्वारा लगाइएका आरोपमाथि कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको सञ्चार माध्यमका गतिविधिलाई हेर्ने संस्थाले बिहीबार १२ टेलिभिजनलगायतका केही समाचार संस्थालाई राज्यको सुरक्षामाथि खतरा हुनेकार्य गर्न उक्साएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो । रासस/एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह