२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा चासो व्यक्त गर्दै १२ टेलिभिजन च्यानल बन्द

१४ आश्विन २०७३, शुक्रबार १०:५३

असोज १४, टर्की । राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ ।

जुलाई १५ मा टर्कीमा गरिएको असफल सैनिक विद्रोहपछि राज्यमा सङ्कटकालको घोषणा गरिएको छ भने कैयौँ समाचार संस्था बन्द भएका छन् । यी सञ्चार माध्यममा अमेरिकामा घोषित निर्वासनमा रहनु भएका टर्कीका इस्लाम धर्मगुरु फेतुल्लहा गुलेनको आवद्धता रहेको र उनीहरूलाई राज्य विद्रोह गर्न उक्साउन प्रयोग गरिएको आरोप सरकारको छ ।

गुलेनले भने आफूमाथि सरकारद्वारा लगाइएका आरोपमाथि कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको सञ्चार माध्यमका गतिविधिलाई हेर्ने संस्थाले बिहीबार १२ टेलिभिजनलगायतका केही समाचार संस्थालाई राज्यको सुरक्षामाथि खतरा हुनेकार्य गर्न उक्साएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो । रासस/एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला