४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनद्वारा सैन्य नेतृत्वमा दशककै सबैभन्दा ठुलो परिवर्तन

१६ श्रावण २०८०, मंगलवार ११:२५

साउन १६, काठमाडौँ | चीनले आणविक हतियारको विशेष इकाईका दुई नेतालाई हटाई नयाँ व्यक्ति नियुक्त गरेको छ । पिपल्स लिबरेशन पार्टी (पिएलए) को रकेट फोर्स युनिटका जनरल ली याचाओ र उनका सहयोगी केही महिनादेखि बेपत्ता थिए ।

चीनले अब यी दुईको स्थानमा पूर्व उप नौसेना प्रमुख वाङ होबिन र पार्टी केन्द्रीय समिति सदस्य सुए जिसेङलाई नियुक्त गरेको छ ।

यो पछिल्लो दशकमा सैनिक नेतृत्वमा अचानक भएको सबैभन्दा ठुलो फेरबदल हो । एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी भाएल मोरिसले भनिन्, ‘यो चीनले पछिल्लो दशकमा आणविक रणनीतिको सन्दर्भमा गरेको सबैभन्दा ठुलो परिवर्तन हो ।’

‘जिनपिङको पीएलएमा अभूतपूर्व नियन्त्रण छ, तर यसको मतलब उनी यसमा रोकिन्छन् भन्ने होइन । शीर्ष पदमा भ्रष्टाचारका लागि जिनपिङ अहिले पनि चिन्तित छन् र पार्टीप्रति बफादारी अहिलेसम्म पूर्ण रूपमा हासिल नभएको पनि उनले सङ्केत गरेका छन् ।’

जिनपिङ चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् । यो आयोग चीनको शीर्ष सैन्य कमान्ड हो ।

गत महिना भएको भेटमा चीनले पार्टी सङ्गठनका सबै तहका चुनौतीसँग जुध्न पहल गर्नुपर्नेमा जोड दिएको थियो ।

यसमा सेनामा पिएलएको पूर्ण नेतृत्व कायम राख्नु पनि समावेश छ । चीनले जनरल ली र उनका डेपुटी लिउको बारेमा टिप्पणी गरेको छैन ।

तर गत साता साउथ चाइना मर्निङ पोस्टको रिपोर्टमा उनीहरू दुवै विरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान सुरु भएको उल्लेख गरिएको थियो ।

चीनले यो नयाँ नियुक्ति पीएलएको स्थापनाको ९६ औँ वर्षगाँठको एक दिन अघि गरेको हो । बेइजिङमा आयोजित एक कार्यक्रममा दुवैको नाम घोषणा गरिएको हो ।

दुवै जना अहिले लेफ्टिनेन्ट जनरलबाट जनरल बनेका छन् । यो सेवा अधिकारीहरू मध्ये उच्च पद हो । केही दिनअघि चीनका विदेशमन्त्री छिन काङलाई हटाइयो । उनी पनि लामो समयदेखि बेपत्ता थिए ।

यस्तोमा हालैका दिनमा शीर्ष पदमा बसेका मानिसको मामिलामा जिनपिङले थुप्रै ठुला परिवर्तन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’