२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्वीटरको मुख्यालयबाट किन हटाइयो एक्स लोगो ?

२०८०, १७ श्रावण बुधबार १०:५७

एजेन्सी | ट्वीटर प्लाटफर्मलाई एक्सको रुपमा रिब्रान्डिंग गरी कम्पनीको नाम र लोगो समेत फेरेका एलन मस्कले केहीदिनअघि कम्पनीको सनफ्रान्सिस्कोस्थित मुख्यालयमा नयाँ लोगो सहितको बोर्ड राखेका थिए ।

साथै उनले हरेक ठाउँमा एक्स ब्रान्डिङ लागू गर्ने प्रक्रिया पनि पूरा गरिसकेका छन् ।  तर, यहीँ बीच कम्पनीको मुख्यालयमा राखिएको एक्स लोगोलाई स्थानीय अधिकारीहरुले हटाइदिएपछि मस्कलाई धक्का लागेको छ ।

स्थानीय अधिकारीहरुले सोमबार बिहान कम्पनीको मूख्यालयमा राखिएको आकर्षक एक्स अंकित लोगो हटाइदिएका हुन् । आखिर किन हटाइयो त कम्पनीको एक्स लोगो ?

समाचार अनुसार स्थानीय बासिन्दाहरुको गुनासोपछि मस्कको प्रिय तथा आकर्षक लोगो कार्यालायबाट हटाइएको हो ।

स्थानीय मानिसहरुले उक्त लोगो निकै चम्किलो रहेको र त्यसको प्रकाशले रातको समयमा धेरै अप्ठेरो पारेको भन्दै अधिकारीहरु समक्ष उजुरी गरेका थिए ।

जनताको गुनासोपछि निरीक्षण अधिकारीहरु एक्स कम्पनीको छतमा गएर हेर्ने कोसिस गरेका थिए । तर, कम्पनीले अधिकारीहरुलाई कार्यालय प्रवेश गरेर लोगोको अनुगमन गर्न दिएन । अस्थायी रुपमा उक्त लोगो राखिएको दाबी कम्पनीले गरेको थियो ।

सनफ्रान्सिस्कोस्थित भवन निरीक्षण तथा सहरी योजना विभागका सञ्चार निर्देशक प्याट्रिक हेननले ट्वीटरलाई सो लोगो हटाउनका लागि पहिले नै सूचना जारी गरिसकिएको तर उसले आफैं नहटाएपछि विभागले हटाइदिएको बताए ।

सो लोगो विरुद्ध २४ वटा गुनासो विभागमा परेको भन्दै उनले अनधिकृत रुपमा लोगो राखेको विषयमा सो भवनका मालिकमाथि जरिवाना पनि गरिएको बताए ।

एलन मस्कले हालै मुख्यालयमा नयाँ लोगो स्थापित भएसँगै एक भिडियो पोस्ट गरेका थिए । त्यसमा हवाई दृश्यमा निकै चम्किलो नयाँ लोगो देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण