४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुई व्यक्ति पक्राउ

१९ श्रावण २०८०, शुक्रबार ०७:४२

एजेन्सी | अमेरिकाको क्यालिफोर्नियामा दुई अमेरिकी नौसेना नाविकलाई चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ गरिएको छ ।

२२ वर्षका अमेरिकी नागरिक जिनचाओ वेईमाथि एक चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी दिएको आरोप छ । यस्तै, २६ वर्षीय वेनहेङ चाओलाई संवेदनशील फोटो र भिडियोका लागि पैसा लिएको आरोपमा पक्राउ गरिएको थियो ।

दुबै जना एउटै चिनियाँ एजेन्टसँग सम्पर्कमा थिए वा थिएनन् भन्ने कुरा अहिले स्पष्ट छैन । यी दुईलाई बुधवार नौसेना बेस स्यान डिएगोमा काम गर्न जाँदै गर्दा पक्राउ गरिएको थियो ।

वेई यूएसएस एसेक्समा काम गर्थे र जहाज बारे संवेदनशील जानकारीको पहुँच थियो ।

सन् २०२२ को फेब्रुअरीमा अमेरिकी नागरिक बन्ने प्रक्रियाबाट गुज्रिरहेका बेला चिनियाँ एजेन्टले उनलाई सम्पर्क गरेका थिए ।

चिनियाँ एजेन्टले जहाजको फोटो, भिडियो र ब्लुप्रिन्टका लागि वेईलाई हजारौँ डलर तिरेको आरोप छ ।

चीनले यो कथित जासुसी घटनाको कुनै पनि जानकारीलाई अस्वीकार गरेको छ ।

वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी सरकार र सञ्चारमाध्यमले चीनसँग संलग्न रहेको जासुसीका मुद्दालाई बढाइचढाइ गरेको बताएका छन् ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट