२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी नौसेनाका दुई व्यक्ति पक्राउ

२०८०, १९ श्रावण शुक्रबार ०७:४२

एजेन्सी | अमेरिकाको क्यालिफोर्नियामा दुई अमेरिकी नौसेना नाविकलाई चीनलाई संवेदनशील सैन्य जानकारी उपलब्ध गराएको आरोपमा पक्राउ गरिएको छ ।

२२ वर्षका अमेरिकी नागरिक जिनचाओ वेईमाथि एक चिनियाँ एजेन्टलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी दिएको आरोप छ । यस्तै, २६ वर्षीय वेनहेङ चाओलाई संवेदनशील फोटो र भिडियोका लागि पैसा लिएको आरोपमा पक्राउ गरिएको थियो ।

दुबै जना एउटै चिनियाँ एजेन्टसँग सम्पर्कमा थिए वा थिएनन् भन्ने कुरा अहिले स्पष्ट छैन । यी दुईलाई बुधवार नौसेना बेस स्यान डिएगोमा काम गर्न जाँदै गर्दा पक्राउ गरिएको थियो ।

वेई यूएसएस एसेक्समा काम गर्थे र जहाज बारे संवेदनशील जानकारीको पहुँच थियो ।

सन् २०२२ को फेब्रुअरीमा अमेरिकी नागरिक बन्ने प्रक्रियाबाट गुज्रिरहेका बेला चिनियाँ एजेन्टले उनलाई सम्पर्क गरेका थिए ।

चिनियाँ एजेन्टले जहाजको फोटो, भिडियो र ब्लुप्रिन्टका लागि वेईलाई हजारौँ डलर तिरेको आरोप छ ।

चीनले यो कथित जासुसी घटनाको कुनै पनि जानकारीलाई अस्वीकार गरेको छ ।

वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले अमेरिकी सरकार र सञ्चारमाध्यमले चीनसँग संलग्न रहेको जासुसीका मुद्दालाई बढाइचढाइ गरेको बताएका छन् ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा