४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा महिला पक्राउ

२३ श्रावण २०८०, मंगलवार ०७:००

एजेन्सी | रूससँग युद्ध लडिरहेको युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मार्ने योजना बनाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।

बिबिसीका अनुसार ती महिलाले रूसी योजनामा जेलेन्स्कीको हत्याको षडयन्त्र गरिरहेको आरोपमा युक्रेनी सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।

उनले गत जुनमा जेलेन्स्कीको माइकोलेभ क्षेत्रको भ्रमणको भ्रमण तालिका पत्ता लगाउने प्रयास गरेकी थिइन्।


रूसलाई समर्थन गर्ने स्थानीयले युक्रेनका सैन्य सूचनाहरू मस्को पुर्‍याउने गरेको आरोप युक्रेनले लगाउँदै आएको छ।

सेक्युरिटी सर्भिस अफ युक्रेनले ती महिलाले सैन्य सूचना रूसी गुप्तचरलाई दिइरहेका बेला नै पक्राउ गरिएको बताएको छ।

गत जुनमा जेलेन्स्कीले बाढी प्रभावित क्षेत्र माइकोलेभको भ्रमण गरेका थिए। उक्त भ्रमणअघि नै ती महिलाबारे सुरक्षा संस्थाले जानकारी पाएका थिए।

उनी ओचाकिभ भन्ने सानो सहरमा बस्थिन्। जेलेन्स्की गत जुलाईमा उक्त ठाउँमा गएका थिए।

लामो समयसम्म ती महिलामाथि अनुसन्धान गरेपछि सुरक्षाकर्मीलाई उनलाई पक्राउ गरेका हुन्।

ती महिलामाथि सैनिक र हतियारको आवातजावतबारे अनधिकृत सूचना पठाएको आरोपमा मुद्दा चल्ने छ। दोषी ठहर भएमा उनलाई १२ वर्ष कैद सजाय हुन सक्छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’