४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तीन वटा सन्तान भएको पत्ता लागेपछि मेयर बर्खास्त

२३ श्रावण २०८०, मंगलवार ११:४६

एजेन्सी | भारतको बिहारकी एकजना स्थानीय महिला नेतृ राखी गुप्ता चर्चामा आएकी छिन् । उनी बिहारको छपरा नगर निगमकी मेयर थिइन् । तर उनका तीनजना सन्तान भएको खुलासा भएसँगै मेयरको कुर्सी गुमेको छ ।

उनले निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा आफ्ना २ जनामात्रै सन्तान रहेको उल्लेख गरेकी थिइन् । तर उनको तेस्रो सन्तानपनि रहेको उजुरी परेपछि त्यसको छानबिन गर्ने क्रममा उनले मनोनयन पत्रमा आफ्नो तेस्रो सन्तानको विवरण लुकाएको पुष्टि भयो । अतः निर्वाचन कानुन अनुसार उनलाई मेयर बन्न अयोग्य घोषित गरेसँगै उनको मेयर पद गुमेको हो ।

गत सन् २०२२ को डिसेम्बरमा छपरा नगर निगमबाट उनले मेयरको चुनाव जितेकी थिइन् ।


चुनावमा उम्मेदवारी दर्ता गर्ने क्रममा उनले मनोनयनपत्रमा आफ्ना २ जनामात्रै बच्चा रहेको उल्लेख गरिन् । तर उनीविरुद्ध सोही नगर निगमकी पूर्व मेयर सुनिता देवीले उजुरी दिएपछि स्थानीय घटनादर्ता कार्यालयबाट मगाइएको कागजातमा भने उनको तेस्रो सन्तान पनि रहेको पुष्टि भयो । जुन विवरण उनले निर्वाचन कार्यालयमा लुकाएकी थिइन् ।

अन्ततः निर्वाचन आयोगले पाँच महिनाको सुनुवाई पश्चात् गतहप्ता फैसला गर्दै बिहार नगरपालिका अधिनियम २००७ अनुसार राखीलाई मेयर पदका लागि अयोग्य ठहर गरेको हो । उक्त कानूनको धारा १८-१) (एम) अनुसार सन् २००८ को अप्रिल ४ यता यदि कोही मानिसले तेस्रो सन्तान जन्माएको भएमा ऊ नगरपालिका निर्वाचनमा कुनै पनि पदमा चुनाव लड्न अयोग्य बन्दछ ।

साथै उक्त कानूनमा प्रष्ट रुपमा केही भनिएको छ भने यदि दुईभन्दा बढी सन्तान भएका दम्पतीले आफ्ना बच्चा अरुलाई धर्मसन्तानको रुपमा दिए पनि जन्मदातालाई नै जैविक मातापिता मानिन्छ । अर्थात् बच्चा कानूनी रुपमा अरुलाई दिए पनि तीनभन्दा बढी सन्तान जन्माउने महिला तथा पुरुषहरू चुनाव लड्न अयोग्य हुनेछन् । तर एकैपटकमा जुम्ल्याहा वा त्यसभन्दा धेरै सन्तान जन्मिएको हकमा चाहिँ नियम खुकुलो पारिएको छ ।

उता बर्खास्तगीमा परेकी मेयर राखी गुप्ताले भने आफ्नो तेस्रो बच्चा आफुले एक निसन्तान नातेदारालई लिखित रुपमै धर्मसन्तानको रुपमा दिएको हुँदा कानुनीरुपमा आफ्ना दुई बच्चा मात्र रहेको र निर्वाचन आयोगको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ