२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

तीन वटा सन्तान भएको पत्ता लागेपछि मेयर बर्खास्त

२०८०, २३ श्रावण मंगलवार ११:४६

एजेन्सी | भारतको बिहारकी एकजना स्थानीय महिला नेतृ राखी गुप्ता चर्चामा आएकी छिन् । उनी बिहारको छपरा नगर निगमकी मेयर थिइन् । तर उनका तीनजना सन्तान भएको खुलासा भएसँगै मेयरको कुर्सी गुमेको छ ।

उनले निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी मनोनयनपत्र दर्ता गर्दा आफ्ना २ जनामात्रै सन्तान रहेको उल्लेख गरेकी थिइन् । तर उनको तेस्रो सन्तानपनि रहेको उजुरी परेपछि त्यसको छानबिन गर्ने क्रममा उनले मनोनयन पत्रमा आफ्नो तेस्रो सन्तानको विवरण लुकाएको पुष्टि भयो । अतः निर्वाचन कानुन अनुसार उनलाई मेयर बन्न अयोग्य घोषित गरेसँगै उनको मेयर पद गुमेको हो ।

गत सन् २०२२ को डिसेम्बरमा छपरा नगर निगमबाट उनले मेयरको चुनाव जितेकी थिइन् ।


चुनावमा उम्मेदवारी दर्ता गर्ने क्रममा उनले मनोनयनपत्रमा आफ्ना २ जनामात्रै बच्चा रहेको उल्लेख गरिन् । तर उनीविरुद्ध सोही नगर निगमकी पूर्व मेयर सुनिता देवीले उजुरी दिएपछि स्थानीय घटनादर्ता कार्यालयबाट मगाइएको कागजातमा भने उनको तेस्रो सन्तान पनि रहेको पुष्टि भयो । जुन विवरण उनले निर्वाचन कार्यालयमा लुकाएकी थिइन् ।

अन्ततः निर्वाचन आयोगले पाँच महिनाको सुनुवाई पश्चात् गतहप्ता फैसला गर्दै बिहार नगरपालिका अधिनियम २००७ अनुसार राखीलाई मेयर पदका लागि अयोग्य ठहर गरेको हो । उक्त कानूनको धारा १८-१) (एम) अनुसार सन् २००८ को अप्रिल ४ यता यदि कोही मानिसले तेस्रो सन्तान जन्माएको भएमा ऊ नगरपालिका निर्वाचनमा कुनै पनि पदमा चुनाव लड्न अयोग्य बन्दछ ।

साथै उक्त कानूनमा प्रष्ट रुपमा केही भनिएको छ भने यदि दुईभन्दा बढी सन्तान भएका दम्पतीले आफ्ना बच्चा अरुलाई धर्मसन्तानको रुपमा दिए पनि जन्मदातालाई नै जैविक मातापिता मानिन्छ । अर्थात् बच्चा कानूनी रुपमा अरुलाई दिए पनि तीनभन्दा बढी सन्तान जन्माउने महिला तथा पुरुषहरू चुनाव लड्न अयोग्य हुनेछन् । तर एकैपटकमा जुम्ल्याहा वा त्यसभन्दा धेरै सन्तान जन्मिएको हकमा चाहिँ नियम खुकुलो पारिएको छ ।

उता बर्खास्तगीमा परेकी मेयर राखी गुप्ताले भने आफ्नो तेस्रो बच्चा आफुले एक निसन्तान नातेदारालई लिखित रुपमै धर्मसन्तानको रुपमा दिएको हुँदा कानुनीरुपमा आफ्ना दुई बच्चा मात्र रहेको र निर्वाचन आयोगको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण