४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वकिलहरूलाई इमरान खानले भने : जेलमा झिंगा र लामखुट्टेले सतायो, छिटो निकाल

२४ श्रावण २०८०, बुधबार ११:४७

एजेन्सी | पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले जेलमा रहेका आफ्ना वकिललाई जेलाभित्रको झिँगा र लामखुट्टेको आतङ्कले आफू त्यहाँ बस्न नचाहेको बताएका छन् ।  

इमरानले आफ्ना वकिललाई ‘जेल भित्र दिनभरि झिँगा र रात भरी लामखुट्टेले सताउने गरेको ’ बताए ।  पाकिस्तानको एक अदालतले तोसाखाना मुद्दामा इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाएको छ ।

इस्लामवादको स्थानीय अदालतको फैसला आएको केही समयपछि शनिवार ७० वर्षीय इमरान खानलाई उनको घरबाट पक्राउ गरिएको थियो ।

उनले आफ्नो सजायविरुद्ध इस्लामाबाद उच्च अदालतमा अपिल गरेका छन् । जियो न्युजले अट्टक जेलका स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्षले आफ्नो कानुनी टोलीलाई आफू जेलमा बस्न नचाहेको बताएको जानकारी दिएको छ । स्रोतका अनुसार उनले भनेका छन्, ‘मलाई यहाँबाट निकाल्नुहोस्, मलाई जेलमा बस्नु छैन ।’

सोमबार जेल प्रशासनले इमरान खानका वकिल नईम हैदर पन्जोथालाई भेट्न अनुमति दिएको थियो । भेटपछि उनले पूर्वप्रधानमन्त्रीलाई निकै खराब अवस्थामा राखेर कारागारमा सी क्लासको सुविधा दिएको आरोप लगाए ।

पन्जोथाले भने, ‘यति हुँदाहुँदै पनि इमरान खानको मनोबल उच्च छ र उनले दास हुनुको साटो  जीवनभर जेलमा बिताउनु स्वीकार्य रहेको बताए ।’

इमरान खानविरुद्ध २०१८ र २०२२ को बीचमा आफू प्रधानमन्त्री रहँदा सरकारी खजानाबाट उपहारहरू किनबेच गर्ने अधिकारको दुरुपयोग गरेको आरोप छ ।

उनले आफ्नो विदेश भ्रमणका क्रममा यी उपहार प्राप्त गरेका थिए जसको मूल्य १४ करोड पाकिस्तानी रुपैयाँ थियो ।

पाकिस्तानमा राष्ट्रका शीर्ष नेताहरूले प्राप्त उपहार सरकारी कोषको तोसाखानामा जम्मा गर्नुपर्ने नियम छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’