२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपाललाई ओजीपीमा आबद्ध हुन आग्रह

२०८०, २५ श्रावण बिहीबार ०९:०१

साउन २५, काठमाडौँ | नेपाललाई खुला सरकार सहकार्य (ओजीपी) मा आबद्ध हुन आग्रहसहित सम्मेलनमा सहभागिताको निमन्त्रणा आएको छ । युरोपेली मुलुक इस्टोनियामा आगामी सेप्टेम्बर ६–७ मा हुने छैटौं ओजीपी सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तो आएको हो ।

पाँचौं र चौथो ओजीपी सम्मेलनमा पनि नेपालले सहभागिता जनाएको थियो तर प्रधानमन्त्री तहमै सहभागी हुन यस पटक निमन्त्रणा आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इस्टोनियाका राष्ट्रपति एलर कारिसले प्रधानमन्त्री दाहाललाई पठाएको पत्रमा ओजीपीको सदस्यता लिन तथा सम्मेलनमा आउन आग्रह गरिएको छ । सम्मेलनमा सहभागिताका लागि मुख्य सचिव वैकुण्ठ अर्याललाई समेत निम्तो गरिएको छ । ओजीपीमा आबद्ध हुने वा नहुने तथा सम्मेलनमा प्रधानमन्त्रीकै तहमा सहभागिता जनाउने वा नजनाउने विषयमा सरकारले निर्णय गरिसकेको छैन । ‘यो विषय छलफलकै चरणमा छ,’ बालुवाटार स्रोतले भन्यो ।

ब्राजिल, इन्डोनेसिया, मेक्सिको, नर्वे, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र अमेरिकका मिलेर सन् २०११ म ओजीपी स्थापना गरेका हुन् । यसमा विभिन्न मुलुकका सरकारले आफ्नो देशमा लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गराउन सहकार्यमा जोड दिन्छन् । वित्तीय अनुसन्धान र पारदर्शिता, नागरिक सहभागिता, खुला संसद् र खुला कानुन निर्माणलाई ओजीपीले प्राथमिकता दिन्छ । यसलाई संयुक्त राष्ट्रसंघले पनि मान्यता दिइसकेको छ । ओजीपी सम्मेलन हरेक दुई वर्षमा फरक मुलुकमा आयोजना गरिन्छ । ओजीपीको सदस्य संख्या ७६ पुगिसकेको छ ।

नेपाललाई सदस्यताका लागि सन् २०१४ मै आग्रह गरिएको थियो । तर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रिया चलिरहको कारण देखाउँदै पछि सहभागी हुने जवाफ पठाएका थिए । केपी शर्मा ओली पहिलो प्रधानमन्त्री भएका बेला ओजीपीमा सहभागिताका विषयमा अध्ययन गर्न तत्कालीन प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको नेतृत्वमा कार्यदल बनाइएको थियो । ‘कार्यदलले तत्कालीन प्रधानमन्त्री ओलीजीलाई प्रतिवेदन बुझाएको थियो, त्यो प्रतिवेदन अहिलेसम्म पनि प्रधानमन्त्री कार्यालयमै छ । सरकारले केही निर्णय गरेको छैन,’ कार्यदलमा सदस्य रहेका तारानाथ दाहालले भने ।

ओजीपीका सिद्धान्तलाई कार्यान्वयन गरे दाताहरूको नेपालप्रति विश्वास बढ्ने र नेपालका लागि वैदेशिक लगानी तथा सहयोगको ढोका खुल्ने कार्यदलको प्रतिवदेनमा उल्लेख छ । ओजीपीका दक्षिण एसिया प्रतिनिधि तथा एकाउन्टिबिलिटी ल्याब नेपालका सहसंस्थापक नारायण अधिकारीका अनुसार ओजीपीको सदस्य बने विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) जस्ता बहुपक्षीय संस्थाहरूले अतिरिक्त आर्थिक सहयोग गर्न सक्छन् । ‘ओजीपीको सदस्य बन्दा नेपाल सरकारका लागि ठूलो अवसर खुल्छ । नेपाल खुला र पारदर्शी छ, यहाँ लगानीको वातावरण पनि छ भन्ने सन्देश विश्वभर पुर्‍याउन सहज हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण