२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाको हवाई टापुमा आगलागी हुँदा ५३ जनाको मृत्यु, करिब एक हजार बेपत्ता

२०८०, २६ श्रावण शुक्रबार ०५:१६

एजेन्सी | अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।

हवाई गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ ।

यो घटनालाई गभर्नर ग्रीनले ‘असाधारण’ र ‘दुःखद’ भनेका छन् । उनले यस आगलागीबाट १ हजारभन्दा बढी भवन जलेर नष्ट हुने अनुमान गरेका छन् ।

उनले आगलागीलाई राज्यको इतिहासकै सबैभन्दा ठूलो विपद् भनेका छन् । उनले आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगोको परिमाण देखाउने तस्बिर सार्वजनिक गरेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईको जंगलमा लागेको आगलागीलाई ठूलो प्रकोप घोषणाको संज्ञा दिएका छन् ।

आगलागीपछि हजारौं पर्यटक र स्थानीय मानिसहरूलाई अस्थायी आश्रयमा सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान