४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने…

२६ श्रावण २०८०, शुक्रबार ०६:५९

साउन २६, काठमाडौँ | महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलका क्रममा गरेको गल्तिका कारण इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने भएकी छन् । इङ्गल्यान्ड र कोलम्बियाबीच शनिबार हुने क्वार्टरफाइनल खेलमा स्ट्राइकर जेम्स अनुपस्थित रहने छिन् । 

२१ वर्षीया जेम्समाथि विश्व फुटबल महासंघ (फिफा) ले दुई खेलको प्रतिबन्ध लगाएको छ । महिला विश्वकपको प्रिक्वार्टरफाइनलका क्रममा जेम्सले नाइजेरियाकी खेलाडी मिचेल एलोजीको ढाडमा नराम्ररी कुल्चिएकी थिइन् ।


उक्त घटनापछि रेफ्रीले तत्कालै जेम्सलाई रातो कार्ड देखाएका थिए । खेल सकिएपछि जेम्सले उक्त घटनाका लागि नाइजेरियाकी खेलाडी एलोजीसँग माफी पनि मागेकी थिइन् । सो खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै इङ्गल्यान्ड क्वार्टरफाइनलमा पुगेको थियो ।  

इङ्गल्यान्ड सेमिफाइनलमा पुगेमा जेम्सले त्यो खेल पनि खेल्न पाउने छैनन् । जारी महिला विश्वकपमा इङ्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्, जेम्स । उनले प्रतियोगितामा हालसम्म तीन गोल गरिसकेकी छन् । उनले तीन गोलका लागि पास पनि उपलब्ध गराएकी छन् ।

जेम्स इङ्लिस क्लब चेल्सीबाट व्यवसायीक फुटबल खेल्छिन् । उनले सामाजिक सञ्जालमार्फत नाइजेरियन खेलाडी एलोजीसँग माफी माग्दै भनेकी छन्, ‘म उक्त घटनाका लागि क्षमा माग्न चाहन्छु । वास्तवमा त्यो घटना जानेर भएको थिएन ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’