२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने…

२०८०, २६ श्रावण शुक्रबार ०६:५९

साउन २६, काठमाडौँ | महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल खेलका क्रममा गरेको गल्तिका कारण इङ्ल्यान्डकी लाउरेन जेम्सले क्वार्टरफाइनल खेल खेल्न नपाउने भएकी छन् । इङ्गल्यान्ड र कोलम्बियाबीच शनिबार हुने क्वार्टरफाइनल खेलमा स्ट्राइकर जेम्स अनुपस्थित रहने छिन् । 

२१ वर्षीया जेम्समाथि विश्व फुटबल महासंघ (फिफा) ले दुई खेलको प्रतिबन्ध लगाएको छ । महिला विश्वकपको प्रिक्वार्टरफाइनलका क्रममा जेम्सले नाइजेरियाकी खेलाडी मिचेल एलोजीको ढाडमा नराम्ररी कुल्चिएकी थिइन् ।


उक्त घटनापछि रेफ्रीले तत्कालै जेम्सलाई रातो कार्ड देखाएका थिए । खेल सकिएपछि जेम्सले उक्त घटनाका लागि नाइजेरियाकी खेलाडी एलोजीसँग माफी पनि मागेकी थिइन् । सो खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै इङ्गल्यान्ड क्वार्टरफाइनलमा पुगेको थियो ।  

इङ्गल्यान्ड सेमिफाइनलमा पुगेमा जेम्सले त्यो खेल पनि खेल्न पाउने छैनन् । जारी महिला विश्वकपमा इङ्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्, जेम्स । उनले प्रतियोगितामा हालसम्म तीन गोल गरिसकेकी छन् । उनले तीन गोलका लागि पास पनि उपलब्ध गराएकी छन् ।

जेम्स इङ्लिस क्लब चेल्सीबाट व्यवसायीक फुटबल खेल्छिन् । उनले सामाजिक सञ्जालमार्फत नाइजेरियन खेलाडी एलोजीसँग माफी माग्दै भनेकी छन्, ‘म उक्त घटनाका लागि क्षमा माग्न चाहन्छु । वास्तवमा त्यो घटना जानेर भएको थिएन ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण