४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

यो हो विश्वको सबैभन्दा सुन्दर सार्वजनिक शौचालय

२८ श्रावण २०८०, आईतवार ११:२७

साउन २८, काठमाडौँ | बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ । नेपालको सार्वजनिक शौचालयमा जानेहरू सबैको अनुभव लगभग यस्तै छ । 

तर, विश्वमा यस्तो एउटा शौचालय पनि छ जसको फोटो हेर्दा मात्रै पनि आनन्द आउँछ । यस्तो भन्दा कतिलाई पत्यार नलाग्ला तर चीनमा यस्तै एउटा शौचालय छ जसलाई विश्वकै सबैभन्दा सुन्दर सार्वजनिक शौचालय भनेर नाम दिइएको छ । 

यो हो विश्वको सबैभन्दा सुन्दर सार्वजनिक शौचालय

चीनको साङ्घाईको नान्जिङमा अवस्थित डेजी प्लाजा सपिङ मलको छैटौँ तलामा विश्वकै सुन्दर सार्वजनिक शौचालय छ । अडिटी सेन्ट्रलका अनुसार एक्सप्लस लिभिङले डिजाइन गरेको उक्त सार्वजनिक शौचालयमा जाँदा तपाईंलाई अचम्मको दरबारमा आइपुगेको जस्तो भान हुन्छ । यो शौचालयमा प्रवेश गर्ने बित्तिकै लामो कोरिडोर आउँछ, जहाँ हिँड्दा कुनै बगैँचामा हिँडेको जस्तो अनुभूति हुन्छ । यहाँका बोटबिरुवाले यस्तो अनुभव गराउँछ । यस्तै, यहाँको सिलिङमा ठुलठुला बत्ती पनि जडान छन् जसको प्रकाश सिधै चम्किलो भुईँमा ठोक्किन्छ । 

यस्तै यहाँ लाउन्ज एरिया पनि छ जहाँ असाध्यै राम्रा सोफा राखिएका छन् । शौचालय जानु नपर्ने तर साथी आएका मानिसले यो सोफामा बसेर साथीलाई पर्खन सक्छन् । यस्तै यहाँका वासबेसिन पनि फाउन्टेनबाट प्रेरित छ ।

deji-plaza-bathroom-750×500

‘यो सपिङ मलको वासरुम सबैले प्रयोग गर्न मिल्ने सार्वजनिक स्थान हो । यसले व्यस्त जीवनशैलीमा मानिसलाई थोरै भए पनि विश्राम दिन्छ,’ डिजाइनर ली जियाङले भने । ‘डिजाइन गर्दा मैले यसलाई शौचालयको रूपमा मात्रै डिजाइन गरिनँ । मैले यहाँका प्रत्येक कुनालाई कसरी आकर्षक र आनन्ददायी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएको छु त्यसैले यसलाई बगैँचाजस्तो बनाएका छौँ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’