असोज १६, काठमाडौं । भारतले जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीलाई पाकिस्तानले कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

पाकिस्तानी सेनाका सूचन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १६, काठमाडौं । भारतले जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीलाई पाकिस्तानले कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

पाकिस्तानी सेनाका सूचन"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतलाई पाकिस्तानी सेनाको यस्तो चेतावनी

२०७३, १६ आश्विन आईतवार १०:३४

असोज १६, काठमाडौं । भारतले जम्मु काश्मिरको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दावीलाई पाकिस्तानले कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

पाकिस्तानी सेनाका सूचना विभाग निर्देशक आसिम सलिमले कुनै किसिमको सर्जिकल स्ट्राइक नभएको र भारतले गरेका सबै दाबी कपोलकल्पित, आधारहीन र झूठो रहेको आरोप लगाए ।

भारतले गोलाबारी गरेपनि त्यसको जवाफ पाकिस्तानी सेनाले दिएको उनको जिकीर छ । यस क्रममा आफ्ना दुई सैनिक मारिएको पाकिस्तानले बताएको छ । भारतीय सेनामा पनि हताहती भएको तर उनीहरुले सूचना लुकाएको दावी सलिमले गरे ।

नियन्त्रण रेखामा सन् १९७१ देखि लागुभएको युद्धविरामको संयुक्त राष्ट्रसंघले अनुगमन गर्दै आएको छ । राष्ट्रसंघको अनुगमन टोलीले पनि सर्जिकल स्ट्राइक वा युद्धविराम उल्लंघन भएको नदेखिएको बताइसकेको छ ।

सलिमले आफ्ना सेना देशको पश्चिमी सीमामा भइरहेको आतंकवादविरुद्ध लडिरहेको भन्दै ती सैनिकलाई पूर्वी सीमामा ल्याउने सोच नरहेको बताए । देशको सुरक्षाका लागि आवश्यक सबै किसिमको काम गर्न पाकिस्तान तयार रहेको पनि उनले बताए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह