३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च

२३ चैत्र २०८०, शुक्रबार ०३:२९

चैत २३, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् ।

यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई दिइँदैन । पाकिस्तानको पञ्जाब सरकारले बुधबार लाहोर उच्च अदालतमा सुनुवाईको क्रममा यो जानकारी दिएको हो । खानको सुरक्षाका लागि हरेक महिना करिब १२ लाख पाकिस्तानी रुपैयाँ अर्थात् करिब ५ लाख ८० हजार नेपाली रुपैयाँ खर्च हुने गरेको सरकारले अदालतमा जानकारी दिएको छ ।

इमरान खान गत वर्ष अगस्टदेखि पाकिस्तानको जेलमा छन् । तोसखाना मुद्दामा उनलाई ३ वर्ष कैद सजाय सुनाइएको थियो । यसबाहेक, पाकिस्तानमा यस वर्ष फेब्रुअरीमा भएको चुनावको केही दिन अघि, खानलाई तीनवटा मुद्दामा कुल ३१ वर्षको सजाय सुनाइएको थियो ।

हाईकोर्टमा सुनुवाईका क्रममा पञ्जाब सरकारका वकिल खालिद इशाकले भने, 'जेलमा खानको कोठरी वरपरका ६ सेलहरू उनको लागि आरक्षित गरिएको छ । यसबाहेक त्यहाँ थप सीसीटीभीहरू पनि जडान गरिएको छ । इमरानले पाएको धम्कीलाई ध्यानमा राख्दै । उनलाई भेट्नेलाई पनि प्रतिबन्ध लगाइएको छ ।'

खानको सुरक्षालाई ध्यानमा राख्दै लाहोर उच्च अदालतमा उनलाई पूर्ण सुरक्षा उपलब्ध गराउन माग गरिएको छ । अहिले प्रधानन्यायाधीश मलिक शहजाद अहमद खानले मुद्दाको सुनुवाइ १६ अप्रिलसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’