२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इमरान खानका लागि जेलमा सरकारको हरेक महिना ५ लाख ८० हजार खर्च

२०८०, २३ चैत्र शुक्रबार ०३:२९

चैत २३, काठमाडौँ | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् ।

यति मात्र होइन, जेलमा इमरान खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई दिइँदैन । पाकिस्तानको पञ्जाब सरकारले बुधबार लाहोर उच्च अदालतमा सुनुवाईको क्रममा यो जानकारी दिएको हो । खानको सुरक्षाका लागि हरेक महिना करिब १२ लाख पाकिस्तानी रुपैयाँ अर्थात् करिब ५ लाख ८० हजार नेपाली रुपैयाँ खर्च हुने गरेको सरकारले अदालतमा जानकारी दिएको छ ।

इमरान खान गत वर्ष अगस्टदेखि पाकिस्तानको जेलमा छन् । तोसखाना मुद्दामा उनलाई ३ वर्ष कैद सजाय सुनाइएको थियो । यसबाहेक, पाकिस्तानमा यस वर्ष फेब्रुअरीमा भएको चुनावको केही दिन अघि, खानलाई तीनवटा मुद्दामा कुल ३१ वर्षको सजाय सुनाइएको थियो ।

हाईकोर्टमा सुनुवाईका क्रममा पञ्जाब सरकारका वकिल खालिद इशाकले भने, 'जेलमा खानको कोठरी वरपरका ६ सेलहरू उनको लागि आरक्षित गरिएको छ । यसबाहेक त्यहाँ थप सीसीटीभीहरू पनि जडान गरिएको छ । इमरानले पाएको धम्कीलाई ध्यानमा राख्दै । उनलाई भेट्नेलाई पनि प्रतिबन्ध लगाइएको छ ।'

खानको सुरक्षालाई ध्यानमा राख्दै लाहोर उच्च अदालतमा उनलाई पूर्ण सुरक्षा उपलब्ध गराउन माग गरिएको छ । अहिले प्रधानन्यायाधीश मलिक शहजाद अहमद खानले मुद्दाको सुनुवाइ १६ अप्रिलसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल