३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सिडनी एअरपोर्टमा कपमा पिशाब फेर्नेलाइ ६ सय अष्ट्रेलियन डलर जरिवाना

२४ चैत्र २०८०, शनिबार ०९:११

चैत २४, सिड्नी | एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ । 

आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ जरिवाना गरिएको हो ।

‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टा पछि भएको हो,’ अधिकारीहरूले शुक्रबार भने । उनका अनुसार सिड्नीको अदालतले फेब्रुअरीमा आक्रामक व्यवहारको लागि ५३ वर्षीय ६०० अष्ट्रेलियन डलर जरिवाना गराएको हो ।

घटना शुक्रबार मात्रै सार्वजनिक भएको थियो । न्यूजील्याण्ड समाचार वेबसाइट स्टफले यो घटनाका बारेमा लेखे पछि बल्ल मानिसहरूले सार्बजनिक रूपमा थाहा पाएका थिए । सो वेभसाइटका अनुसार उनीसँगै बसेकी यात्री हाउलीले विमान चालक दललाई उनको यो हर्कतका बारेमा रिपोर्ट गरेकी थिइन् ।

झ्यालको सिटमा बसेको व्यक्तिले कपमा पिसाब गरेका थिए, जबकी सोही लहरको सिटमा हाउली र उनकी १५ वर्षीया छोरी पनि रहेकी थिइन् । ती अभियुक्त पुरुष यात्रुको नाम भने खुलाइएको छैन ।

हाउलीले भनिन कि विमान सडकमा करिब २० मिनेटको लागि टर्मिनल गेट छुट्याउन पर्खिएको थियो, सोही बेला ती यात्रुले कपमा पिसाब गरेको स्पष्ट आवाज सुनेकी थिइन । 

स्टफमा प्रकाशित समाचार अनुसार  ती व्यक्ति एकदमै नशालु थिए र विमानबाट बाहिर निस्कँदा एक उडान परिचरमा पिसाबसमेत छरिदिएका थिए।

यस्तै, २४ अप्रिल २०२३ मा न्युयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा सँगैका यात्रुलाई अर्का एक ब्यक्तिले पिसाब गरिदिएको घटना सार्बजनिक भएको थियो, जहाँ एक महिलाको शरिर माथी अर्का ब्यक्तिले पिशाव फेरिदिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’