३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मस्क भन्दा मार्क जुकरबर्ग भए धनी, तेस्राे स्थानमा जुकरबर्ग हुदाँ चाैथाेंमा मस्क

२५ चैत्र २०८०, आईतवार ०३:०७

चैत २५, न्युयोर्क | फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् ।

सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो पहिलो पटक हो ।

ब्लूमबर्ग अर्बपतिहरूको सूची अनुसार एलन मस्क १८१ बिलियन कुल सम्पत्तिको साथ विश्वका धनी व्यक्तिहरूको सूचीमा चौथो स्थानमा आएका छन्। मार्चको सुरुमा उनी यो सूचीमा पहिलो स्थानमा थिए। उही समयमा मार्क जुकरबर्गको कुल सम्पत्ति १८७ बिलियन डलर भन्दा बढी रहेको छ।

यस वर्ष एलन मस्कको कुल सम्पत्ति ४८.४ बिलियनले घटेको छ । जबकि जुकरबर्गले आफ्नो सम्पत्तिमा ५८.९ बिलियन थपेका छन्।

भर्खरै समाचार आयो कि टेस्लाले सस्तो कार लन्च गर्ने आफ्नो योजना रद्द गरेको छ, त्यसपछि टेस्लाको सेयर घटेको छ। यसैबीच, साताको सुरुमा मार्चको तीन महिनामा टेस्ला गाडीको डेलिभरीमा कमी आएको खबर आएको थियो, त्यसपछि स्टकमा थप गिरावट देखिएको छ ।

टेस्लाको स्टक यस वर्ष अहिलेसम्म ३३.६२ प्रतिशतले घटेको छ, जसले यसलाई एस एन्ड पी सूचकांकमा सबैभन्दा खराब प्रदर्शन गर्ने कम्पनी बनाएको छ। अर्कोतर्फ, मेटाको सेयरमा यस वर्ष अहिलेसम्म ५२.२८ प्रतिशतले वृद्धि भएको छ, जसका कारण मेटा एस एन्ड पी ५०० मा उत्कृष्ट प्रदर्शन गर्ने पाँचौं कम्पनी बनेको छ।

साथै, बरनाड अर्नाल्ट र जेफ बोसेज क्रमशः १८.५७ र अमेजनका मालिक १७.५४ लाख करोड सम्पतिसहित पहिलो र दोस्रो नम्बरमा रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’