कात्तिक ७, जापान । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, जापान । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई "/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा बम विस्फोट हुँदा एकको मृत्यु, दुई घाइते

२०७३, ७ कार्तिक आईतवार १०:०५

कात्तिक ७, जापान । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । 

जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान सो बम विस्फोटनहरु भएका थिए । 

एक पार्कमा महोत्सव चलिरहेका बेला भएको उक्त विस्फोटन के कति कारणले गराइएको हो, सो भने तत्काल प्रष्ट नभएको बताइएको छ । 

सो विस्फोटनहरुमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै दुई घाइते भएका र घटनाको विस्तृत विवरण भने प्राप्त नभएको अग्नी नियन्त्रण विभागका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । 

सो घटनाहरुमा परेर हताहत भएका तीन व्यक्ति महिला वा पुरुष हो र उनीहरुको उमेर पनि हाल प्रष्ट नभएको अग्नीनियन्त्रण विभागका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार एक विस्फोट कार पाकिङ्ग इलाकामा भएको थियो । 

प्रत्यक्षदर्शीहरुका अनुसार लगातार दुईवटा विस्फोट भएको र विस्फोटपछि गन्ध तथा धुवाँ उडेको थियो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी