एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । स"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१६ देखिनै तेश्रो विश्वयुद् सुरु हुने ! नास्त्रेदमसको भविष्यबाणी र पछिल्लो अवस्था

१० कार्तिक २०७३, बुधबार १२:४८

एजेन्सीहरु । ८ सय भन्दा बढी सत्य भविष्यबाणी गरेका नास्त्रेदमस सहित धेरै नामुद ज्योतिषहरुको भविष्यबाणी अनुसार २०१६ देखिनै तेश्रो विश्वयुद्ध शुरू हुने भनिएको छ । सीरिया, टर्की र आईएसआईएसको त्रिकोणीय संघर्षमा फसेका पश्चिमी देशहरुले यही बर्षदेखिनै विश्वको तेश्रो तर सबैभन्दा खतरनाक महायुद्धको शुरूवात गर्ने सक्ने संकेत देखिएको जनाएका छन् ।

हिन्दु ज्योतिषहरुका अनुसार पनि वर्ष २०१६ मा राहुको सिंह राशिमा गुरु योग हुनु, मार्च महिनामा दुई ठूला ग्रहण, शनि र मंगल वृश्चिक राशिमा लामो समयसम्म रहनु आदिका कारणले एक ठूलो दुर्घटना वा युद्धको संकेत दीइरहेको बताईएको छ । यो युद्धको कारण मध्यपुर्बी तथा खाडी मुलुकहरु, यूरोप, अमेरीका तथा पश्चिमी एसियाली देशहरुलाई निकै नोक्सान हुने भनिएको छ ।

ज्योतिषहरुका अनुसार यो बर्ष २०१६ मा राहु-शनिसँग रहनु निकै घातक मानिएको छ । उल्लेख छ कि राहुलाई ज्योतिष बिज्ञानमा युद्ध, विद्रोह तथा धार्मिक बिखन्डनको कारण मान्ने गरिन्छ । यसैमा जब शनि पनि जोडिन्छ, तब पृथ्वीमा कुनैपनि ठूलो युद्धको खतरा हुने देखिन्छ ।

यसअघि पनि यस्तै अवस्थामा अर्थात राहु-शनिको मिलन हुँदा ह‌िरोशिमा-नागासाकीमा १९४५ मा परमाणु विस्फोट, १९५६ मा अरब-इजराइल युद्ध, १९९०-९१ मा खाडीमा युद्ध, २००३ मा अमेरिकाद्वारा इराकमा हमला भएको थियो । जसको कारण अन्तरराष्ट्रीय विश्व राजनीतिको दशा र दिशा नै बदलिदिएको थियो ।

यता पछिल्लो समय आतंकि संगठनको स्थापना पनि यसै योगमा भएको ज्योतिष बिज्ञ तथा भविष्यबाणीकर्ताहरुको दावी छ । आईएसआईएसको स्थापना ९ अप्रिल २०१३ मा सीरियाको अलेप्पो शहरमा भएको थियो । उक्त समय पनि शनि र राहुको योगगोचर तुला राशिमा चल्दै गरेको थियो । 

तेश्रो विश्वयुद्ध हुने हेक्का रुस र अमेरिकालाई पनि 

माथिको ज्योतिष योग र भविष्यबाणीलाई बल मिल्ने गरि रुसले विदेशमा रहेका आफ्ना आफन्त र बिदेशमा पढ्दै गरेका बच्चाहरुलाई स्वदेश फिर्ता गराउन अपिल समेत गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तेश्रो विश्वयुद्ध हुने आशंका रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले समेत गरेका छन् । रिपोर्टका अनुसार, एडमिनिस्ट्रेशन स्टाफ, रीजनल एडमिनिस्ट्रेटर्स, ल मेकर्स र पब्लिक कर्पोरेशनका कर्मचारियहरुलाई रुसले आदेश जारी गर्दै विदेशी स्कूलमा पढ्दैगरेका आफ्ना बच्चा र त्यहाँ रहेका आफ्ना आफन्तहरुलाई तुरुन्त फिर्ता बोलाउन आदेश गरिएको छ । 
यता अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्म्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनको विदेश नीति सीरियामा तेश्रो विश्वयुद्ध शुरु गर्ने खालको रहेको बताएका छन् ।ट्रम्पले भनेका छन् कि अमेरिकाले सीरियाका राष्ट्रपति बशर अल-असदलाई सम्झाउनुको सट्टा इस्लामिक स्टेट (आईएस) लाई सखाप बनाउनुपर्नेमा ध्यान दिनुपर्छ । क्लिन्टनले सीरियामा नो फ्लाइङ जोनको प्रस्ताव राखेका थिए । 

यी पछिल्ला बिभिन्न घटनाले पनि तेश्रो बिश्वयुद्धको खतरा रहेको जनाएको छ । बिशेषगरि रुस र अमेरिकामा बिश्वयुद्धको बिषयमा निकै चासो व्यक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला