१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ट्रम्प र ह्यारिस राष्ट्रपतिको टेलिभिजन बहसमा आमने सामने

२६ भाद्र २०८१, बुधबार ०३:२५

भदौ २६, काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका छन् । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाएकी थिइन् ।

ट्रम्पले कमला ह्यारिसलाई सोधे, 'के तपाईलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको भन्दा राम्रो अवस्थामा छ ?' यसबारे कमला ह्यारिसले आफू अवसरको अर्थतन्त्र बनाउने योजनामा ​​रहेको बताइन् । ह्यारिसले भनिन्, 'ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने योजना बनाएका छन् ।', उनले भनिन्, 'ट्रम्पले के भनेका छन् त्यसको १६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले आलोचना गरेका छन् र उनीहरूलाई लागु भयो भने अर्को वर्ष मन्दी आउने विश्वास छ ।'

ह्यारिसले भनिन्, 'डोनाल्ड ट्रम्पले हामीलाई महामन्दी पछिको सबैभन्दा खराब बेरोजगारी दरको साथ छोडिदिनुभयो । हामीले डोनाल्ड ट्रम्पले छोडेको गडबडी सफा गर्नुपर्‍यो ।' ह्यारिसले ट्रम्पको ‘प्रोजेक्ट २०२५’ लाई खतरनाक योजना भनेकी छन् र ट्रम्प आए भने त्यसलाई कार्यान्वयन गर्ने बताएकी छन् ।

यस बहसका लागि केहि नियम बनाइएको थियो, जसलाई दुवै उम्मेदवारले पालना गर्नुपर्ने गरि सहमति गरिएको थियो ।  एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो । नेपाली समय अनुसार बिहान ६: ४५ बजे सुरु भएको यो बहस बिहान ८: १५ बजेसम्म चलेको थियो ।

यो नियम अनुसार बहसका क्रममा दुई उम्मेदवारले आफ्ना सहकर्मी वा कर्मचारीसँग कुरा गर्न नपाउने गरी दुईवटा ब्रेक लिनेछन् । बहसको लागि कुनै पूर्व नोट वा लिखित सामग्री प्रयोग गर्न पाइने छैन ।

त्यसैगरी बहस अघि टस भएको थियो, जसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लगाइएको थियो । यस बहसमा डोनाल्ड ट्रम्पले अन्तिममा बोलेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल