११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ सेनाद्वारा भारतको नहर निर्माणमा रोक !

१९ कार्तिक २०७३, शुक्रबार १०:०१

कात्तिक १९, एजेन्सी । चिनियाँ सेनाले भारत–चीन सीमा नजिकै भारतको एउटा परियोजना निर्माणमा हस्तक्षेप गरेको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय पक्षले निर्माण कार्य अघि बढाएको भन्दै चिनियाँ सेनाको टोलीले लद्दाख क्षेत्रमा भइरहेको नहर निर्माण योजनाको काम अघि बढाउन रोक लगाएको हो ।

भारतीय संचारमाध्यमका अनुसार चिनियाँ सेनाको टोलीले बुधबारदेखि सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । लेहबाट २५० किलोमिटर पूर्वमा रहेको देमचोक भन्ने स्थानमा भारतले ‘महात्मा गान्धी ग्रामिण रोजगार ग्यारेन्टी कानुन’ (मनरेगा) अन्तर्गत ग्रामिण क्षेत्रका बासिन्दाका लागि नहर निर्माण योजनाको काम सुरु गरेको थियो ।

बुधबार बिहान स्थानीय समयअनुसार करिब ११ बजे चिनियाँ सेनाको टोली आएर भारतीय पक्षलाई निर्माण कार्य रोक्न दबाब दिएको हो । बिहीबार पनि चिनियाँ टोलीले सो स्थानमा निर्माण कार्य अघि बढाउन दिएको छैन ।

सीमा क्षेत्रमा चिनियाँ सेनाले आफ्नो मजबुत उपस्थिति जनाएको भारतीय संचारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाले आफ्नो ब्यानर र झण्डासहित अस्थायी शिविर बनाएर निगरानी बढाएका छन् ।

चिनियाँ सेनाले उक्त क्षेत्रमा निर्माण कार्य बनाउन नमिल्ने दाबी गर्दै आएको छ । विवादित क्षेत्रमा भौतिक निर्माणका योजना सुरु गर्नु अघि एक मुलुकले अर्को मुलुकलाई जानकारी दिनुपर्ने सम्झौता भए पनि भारतले उक्त सम्झौता विपरीत निर्माण कार्य थालेको चिनियाँ सेनाको भनाइ छ ।

दुबै मुलुकले कुटनीतिक रुपमा उक्त विवाद बाहिर नल्याएका भए पनि सैन्यस्तरमा विवाद उत्कर्षमा पुगेको भारतीय संचारमाध्यमको भनाइ छ । भारतीय सेनाले भने चिनियाँ सेनाको हस्तक्षेप नभएको जनाएको छ । भारतीय सेनाले दुबै मुलुकका सेनाबीच ‘फ्ल्याग मिटिङ’ भएको जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ