कात्तिक २०, काठमाडौं । अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुन सक्ने खतरा औल्याइएको छ ।

आतंकवादी संगठन अलकायदाले निर्वाचन पूर्व आक्रमण ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २०, काठमाडौं । अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुन सक्ने खतरा औल्याइएको छ ।

आतंकवादी संगठन अलकायदाले निर्वाचन पूर्व आक्रमण ग"/>

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा अलकायदाले आक्रमण गर्ने खतरा बढेपछी सुरक्षा व्यवस्था कडा

२० कार्तिक २०७३, शनिबार ०६:१७

कात्तिक २०, काठमाडौं । अमेरिकी निर्वाचनको पूर्व सन्ध्यामा आतंकवादी आक्रमण हुन सक्ने खतरा औल्याइएको छ ।

आतंकवादी संगठन अलकायदाले निर्वाचन पूर्व आक्रमण गर्नसक्ने सूचना प्राप्त भएको र त्यसको आधिकारिकताबारे छानबिन भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

न्यूयोर्क, टेक्सास र भर्जिनियामा सम्भावित आक्रमण हुनसक्ने बताइए पनि प्रहरीले भने निश्चित सूचना नरहेको टिप्पणी गरेको छ । निर्वाचनका मूख्य गतिविधि हुने दिनहरुमा हुनसक्ने सम्भावित घटनाबारे लगातार सूक्ष्म अध्ययनमा रहेको अधिकारीहरुले उल्लेख गरेका छन् ।

मूख्य शहरका विमानस्थल, सुरुङमार्ग र पुलहरुमा कडा सुरक्षा निगरानी गरिइएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी मतदाताहरु आगामी मंगलबार नोभेम्बर ८ का दिन हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प मध्ये कसलाई मुलुकको आगामी राष्ट्रपति बनाउने भन्नेमा मत दिँदैछन् ।

दुबै उम्मेदवार निर्वाचन सकिने दिन भने न्यूयोर्कमै रहने छन् । दुबैले निर्वाचन अगाडीको अन्तिम प्रचार प्रसार तीब्र बनाइरहेका छन् भने प्रचार अभियान निकै आक्रामक र टिकाटिप्पणीयुक्त पनि भइरहेको छ ।

पछिल्ला मत सर्वेक्षणहरुमा दुबै उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ । सुरु सुरुमा ट्रम्पलाई निकै पछाडी छाड्दै अगाडी रहेकी क्लिन्टनको अवस्था इमेलकाण्डमा एफबीआईले फेरि जाँच थालेपछि खस्कँदै गएको छ ।

अहिले दुबै नेता पैतालीस पैतालीस प्रतिशतमा आएर अडिएको सर्वेक्षणहरुले जनाएको छ । त्यसैले दुई नेता मध्ये निर्वाचनमा कसले बाजी मार्लान् भन्ने कुनै निश्चित देखिएको छैन । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ