कात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन । अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प, प्रभावित क्षेत्रहरु सम्पर्क बिहिन (अपडेट)

२८ कार्तिक २०७३, आईतवार १२:४२

कात्तिक २८, एजेन्सी । न्यूजिल्याण्डको क्राइष्टचर्च नजिकै शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

भूकम्पको शक्तिशाली प्रभावकै कारण प्रभावित क्षेत्रहरुमा बिद्ध्युत र टेलीफोन सम्पर्क ठप्प बनेको छ । भूकम्प प्रभावित स्थानहरु सम्पर्क बिहिन बनेपछि सम्भावित घटनाको उद्दारमा कठिनाई भएको जनाइएको छ । ब्रिटिश अखबार ‘मिरर डट यूके’ का अनुसार, अहिलेसम्म भूकम्पको क्षतिको कुनै विवरण उपलब्ध हुन सकेको छैन किनकी न्यूजील्याण्डको केहि भागहरु भूकम्पको धक्का लगत्तै सम्पर्कबिहिन बनेका छन् ।

अमेरिकी जिओलोजिकल सर्भे यूएसजीएसले भूकम्पको झट्का ७.४ रेक्टर स्केल मापन भएको जनाएको छ । क्राइष्टचर्चदेखि करिब ९५ किलोमिटर दुरीमा रहेको स्थानमा भूकम्प गएको हो । यस भूकम्पको जोडदार झड्का  क्राइष्टचर्च सहित वेलिंगटन, टारान्की, हैमिल्टन र ऑकल्याण्डमा समेत महशुस गरिएको थियो । 

क्राइष्टचर्च लगायत ठूलो क्षेत्रमा उक्त भूकम्प महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । क्षति विवरण भने आइसकेको छैन । सन् २०११ मा पनि क्राइष्टचर्चमै शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा १ सय ८५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो