कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई ज"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको निशानामा १ करोड १० लाख बिदेशी, जेल वा निर्वासित गरिने

२०७३, २९ कार्तिक सोमबार ०३:१७

कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई जेलमा हालिनेछ । 

अमरीकी च्यानल 'सीबीएस' सँगको साक्षात्कारमा बोल्दै ट्रम्पले आफ्नो कारबाही आपराधिक रेकर्ड भएका प्रवासीहरुमा केन्द्रित हुने बताए । उनको अनुसार सुरुवातमा आपराधिक कार्यमा संलग्न समुह तथा व्यक्ति र ड्रग डीलरहरुलाई कारबाहीको दायरामा ल्याइने छ । उनको अनुसार अमेरिकामा त्यस्ता व्यक्ति लगभग २० लाखको संख्यामा रहेको आंकलन गरेका छन् । उनले भनेका छन् 'खोज्दै जाँदा यस्ता मानिसको संख्या ३० लाख पनि पुग्न सक्छ, हामी उनीहरुलाई अमेरिकाबाट निर्वासित गर्न सक्छौं वा जेलमा हाल्न सक्छौं ।'

अमरीकामा करीब १ करोड १० लाख प्रवासीहरु यस्ता छन् जो बिना इजाजत बस्दै आएका छन् । यिनिहरुमध्ये मेक्सिबाट आएका प्रवासीहरुको संख्या बढी छ । ट्रम्पले चुनाव अभियानको क्रममा भनेका थिए कि राष्ट्रपति बाराक ओबामाको कार्यकालमा शुरु भएको माफी योजना समाप्त गरिनेछ र अमेरिकाको आप्रवासन कानून निकै कडा तरिकाले लागु गरिनेछ । उनले भनेका छन् – 'जोसँग वैध दस्तावेज छैन, जोसँग अमेरिकामा बस्न इजाजत पत्र छैन, उनीहरुलाई अमेरिकाबाट निकालिनेछ ।'

मेक्सिकोको सिमानाको बारेमा उनले भनेका छन् कि केहि हिस्सामा पर्खाल उपयुक्त छ तर केहि स्थानमा बार लगाइन सकिन्छ । ट्रम्पले तत्काल सिमा सुरक्षा नीति लागु गर्ने र त्यसपछी अवैध रुपमा अमेरिका बस्दै आएका प्रवासीहरुको आंकलन गरि आवश्यक कदम चालिने बताएका छन् । 

अमरीकामा गत मंगलवार भएको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकि हिलेरी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी राष्ट्रपति बन्न सफल भएका हुन् । उनले अब आउँदो २० जनवरीदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । अमरीकी कांग्रेसको दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत भएका कारण ट्रम्पले लिएका नीतिहरु सहज रुपमा लागु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी