मङसिर १, मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङसिर १, मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्सका राष्ट्रपति ट्रम्प र पुटिनका मित्र बन्न इच्छुक

२०७३, १ मंसिर बुधबार ११:४८

मङसिर १, मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नु भएको छ । 

केही महिनाअघि राष्ट्रपति डुटेर्टेले ठूलै हिम्मत गरी फिलिपिन्समा लागू पदार्थका तस्कर र दुव्र्यसनीहरुविरुद्ध युद्धस्तरमा कारबाही चलाउनु भएको थियो । 

सोही क्रममा धेरैलाई धर,पकड, थुन,छेक र कडै दण्ड,सजायँ गर्दा ज्यादति गरेको भनी अन्तर्राष्ट्रिय स्तरमा उहाँले निकै आलोचना खेप्नु परेको थियो । त्यस बखत आफ्नो कारबाहीलाई समर्थन गरी सघाउनुको सट्टा उल्टै आलोचना गरेको भनी अमेरिकी राष्ट्रपति बाराक ओबामासँग रुष्ट हुनुभई उहाँले निकै गुनासो समेत गर्नु भएको थियो । 

निर्वाचनमा ट्रम्प विजयी हुनुभएकोमा हाल आफू निकै प्रसन्न रहेको पनि राष्ट्रपति डुटेर्टेले गतः मङ्गलवार एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । त्यस्तै, राष्ट्रपति डुटेर्टेले निकट भविष्यमा पेरुको राजधानी लिमामा आयोजना हुन गइरहेको एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरुकाबीच आर्थिक सहयोग मन्च (एपेक) को शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न समेत उत्साहपूर्वक प्रतिक्ष गरिरहेको बताउनु भएको छ । 

अमेरिका र फिलिपिन्सबीच चिसिएको सम्बन्ध ट्रम्पको कार्यकालमा सुधारिन्छ त रु भन्ने जिज्ञासा राखी पत्रकार सम्मेलनमा सोधिएको एउटा प्रश्नको उत्तरमा “किन सुधार नहुनु, मेरो कसैसँग रिस,राग, झै,झगडा छैन । म सबैका मित्र बन्न इच्छुक छु” राष्ट्रपति डुटेर्टेले भन्नु भयो । 

रुसका राष्ट्रपति पुटिनसँग किन भेटघाट गर्ने रु भन्ने जिज्ञासा राखिएको अर्को प्रश्नको उत्तरमा “राष्ट्रपति पुटिन पनि बन्दुक (कडा र अन्तिम कारबाही) निकै मन पराउने नेता हुनु भएकाले उहाँको र मेरो कुरो मिल्छ, त्यही भएर नै आगामी एपेक शिखर सम्मेलनमा उहाँसँग मैले रुस र फिलिपिन्स घनिष्ठ मित्र हुनुपर्यो भन्ने प्रस्ताव राख्दैछु” राष्ट्रपति डुटेर्टेले भन्नु भयो । रासस/एपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी