मङसिर १, मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङसिर १, मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिलिपिन्सका राष्ट्रपति ट्रम्प र पुटिनका मित्र बन्न इच्छुक

१ मंसिर २०७३, बुधबार ११:४८

मङसिर १, मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नु भएको छ । 

केही महिनाअघि राष्ट्रपति डुटेर्टेले ठूलै हिम्मत गरी फिलिपिन्समा लागू पदार्थका तस्कर र दुव्र्यसनीहरुविरुद्ध युद्धस्तरमा कारबाही चलाउनु भएको थियो । 

सोही क्रममा धेरैलाई धर,पकड, थुन,छेक र कडै दण्ड,सजायँ गर्दा ज्यादति गरेको भनी अन्तर्राष्ट्रिय स्तरमा उहाँले निकै आलोचना खेप्नु परेको थियो । त्यस बखत आफ्नो कारबाहीलाई समर्थन गरी सघाउनुको सट्टा उल्टै आलोचना गरेको भनी अमेरिकी राष्ट्रपति बाराक ओबामासँग रुष्ट हुनुभई उहाँले निकै गुनासो समेत गर्नु भएको थियो । 

निर्वाचनमा ट्रम्प विजयी हुनुभएकोमा हाल आफू निकै प्रसन्न रहेको पनि राष्ट्रपति डुटेर्टेले गतः मङ्गलवार एक पत्रकार सम्मेलनमा बताउनु भएको छ । त्यस्तै, राष्ट्रपति डुटेर्टेले निकट भविष्यमा पेरुको राजधानी लिमामा आयोजना हुन गइरहेको एसिया तथा प्रशान्त महासागरीय राष्ट्रहरुकाबीच आर्थिक सहयोग मन्च (एपेक) को शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न समेत उत्साहपूर्वक प्रतिक्ष गरिरहेको बताउनु भएको छ । 

अमेरिका र फिलिपिन्सबीच चिसिएको सम्बन्ध ट्रम्पको कार्यकालमा सुधारिन्छ त रु भन्ने जिज्ञासा राखी पत्रकार सम्मेलनमा सोधिएको एउटा प्रश्नको उत्तरमा “किन सुधार नहुनु, मेरो कसैसँग रिस,राग, झै,झगडा छैन । म सबैका मित्र बन्न इच्छुक छु” राष्ट्रपति डुटेर्टेले भन्नु भयो । 

रुसका राष्ट्रपति पुटिनसँग किन भेटघाट गर्ने रु भन्ने जिज्ञासा राखिएको अर्को प्रश्नको उत्तरमा “राष्ट्रपति पुटिन पनि बन्दुक (कडा र अन्तिम कारबाही) निकै मन पराउने नेता हुनु भएकाले उहाँको र मेरो कुरो मिल्छ, त्यही भएर नै आगामी एपेक शिखर सम्मेलनमा उहाँसँग मैले रुस र फिलिपिन्स घनिष्ठ मित्र हुनुपर्यो भन्ने प्रस्ताव राख्दैछु” राष्ट्रपति डुटेर्टेले भन्नु भयो । रासस/एपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो