मङ्सिर ३, रियो डी जानेरो । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, रियो डी जानेरो । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 
९ माघ २०८२, बिहीबार
काठमाडौँ - KTM

भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुई पूर्व गभर्नर गिरफ्तार

३ मंसिर २०७३, शुक्रबार १०:२७

मङ्सिर ३, रियो डी जानेरो । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

जनसङ्ख्याका हिसाबले ब्राजिलको दोस्रो ठूलो सहर रियोको यी पूर्व गर्भनरहरुमाथि कैयौँ दिनदेखि घुस लिएको र मतदाताहरुसँग भोट किनेको आरोप लगाइएको छ । 

सन् २००७ देखि २०१४ सम्म दुईपटकसम्म रियो सहरको गभर्नर भएका सेरर्गिओ क्याब्राल फिल्होलाई सन् २०१४मा फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम खेल हुने बेला मरकाना रङ्गशाला मर्मतका बेला अनियमितता गरेको आरोप लगाइएको छ । 

सो भ्रष्टाचार प्रकरणमा उहाँले झन्डै पाँच करोड ८० लाख अमेरिकी डलर बराबरको रकम अनियमितता गरेको एजेन्सिया ब्रासिल समाचार समितिले जनाएको छ । 

क्याब्रालका श्रीमती एड्रिआना एन्केल्मोलाई पनि सोधपुछका लागि रिहासतमा लिइएको बताइएको छ । हुदसन ब्रागा प्रयोजनका प्रमुख का साथै अन्य आठजना कर्मचारीहरुलाई नियन्त्रणमा लिइएको छ । 

यसअघि एक दिन पहिले रियोका पूर्व गभर्नर एन्थोनी गारोटिन्होलाई पनि गिरफ्तार गरिएको थियो । उनलाई बुधबार उच्च रक्तचापको समस्या भएपछि स्थानीय सार्वजनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ । 

एन्थोनीलाई मेयरको निर्वाचनका बेला मतदातासँग भोट किनेको आरोप लगाइएको छ । सन् १९९९ देखि सन् २००२ एन्थोनी रियो सहरको गभर्नर बनेका थिए । रासस÷सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो