१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिश्व प्रसिद्ध बैज्ञानिकको दावीः पृथ्वीको आयु अब १ हजार बर्षमात्र

३ मंसिर २०७३, शुक्रबार १३:४९


मङ्सिर ३, लण्डन । बस्नयोग्य अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने प्रख्यात वैज्ञानिक स्टेफन हकिन्सले बताएका छन् । यसै साता अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने भविष्यवाणी गरे ।

७४ वर्षीय हकिन्सले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयूमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका छन् ।

‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भने, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले ठीक यही लक्ष्यका लागि सन् २००९ मा केप्लर अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यसले हाम्रो भुमण्डलको नजिक पृथ्वीजस्तै आकारको ग्रहको खोजी गर्ने उद्देश्य बोकेको छ जसले हाम्रो सूर्य जस्तै कुनै तारालाई परिक्रमा गरिरहेको होस् ।

यो वर्ष अन्तरिक्षयात्रीहरु प्रोक्सिमा बि पत्ता लगाएर उत्साहित छन् जुन ग्रहले प्रोक्सिमा सेन्टाउरी तारालाई परिक्रमा गर्दछ । यो हामीभन्दा ४.२ प्रकाश वर्ष टाढा रहेको छ, जुन अन्तरिक्षको दुनियामा निकै कम दुरी हो । अहिलेसम्म हामी भागेर जाने सबैभन्दा सम्भावित ठाउँ प्रोक्सीमा बि नै देखिएको छ ।

आफ्नो भाषणको अन्त्यमा हकिङले विद्यार्थीहरुलाई जिज्ञासु रहन प्रेरित गरे । उनले आफ्नो खुट्टातिर नहेरेर माथि ताराहरुतिर हेर्न पनि सम्झाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने