मंसिर १८, चापाको । विमान दुर्घटनामा मारिएका आफ्ना खेलाडीलाई श्रद्धाञ्जली दिन ब्राजिलको दक्षिण सहर चापाकोस्थित क्लबको रंगशाला अगाडि शहरको आधा जनसंख्या जम्मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, चापाको । विमान दुर्घटनामा मारिएका आफ्ना खेलाडीलाई श्रद्धाञ्जली दिन ब्राजिलको दक्षिण सहर चापाकोस्थित क्लबको रंगशाला अगाडि शहरको आधा जनसंख्या जम्मा "/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलियन खेलाडीको श्रद्धाञ्जली सभामा सहरको आधा जनसंख्या उपस्थित हुने

२०७३, १८ मंसिर शनिबार ११:५५


मंसिर १८, चापाको । विमान दुर्घटनामा मारिएका आफ्ना खेलाडीलाई श्रद्धाञ्जली दिन ब्राजिलको दक्षिण सहर चापाकोस्थित क्लबको रंगशाला अगाडि शहरको आधा जनसंख्या जम्मा हुने अपेक्षा गरिएको छ ।

श्रद्धाञ्जली सभा शनिबार हुँदैछ । 

कोलम्बियाको मेडलिन सहरमा दुर्घटनाग्रस्त भएको बोलिभियन विमानमा यात्रा गरिरहेका चापाकोइन्सेका २२ सदस्यीय खेलाडीसहित क्लबसँग आवद्ध ५१ जनाको ज्यान गएको थियो। सबै लासलाई कोलम्बियाबाट ब्राजिली सेनाको विमानले ओसार्ने बताइएको छ ।

श्रद्धाञ्जली सभामा सहरका एक लाख व्यक्ति उपस्थित हुने जनाइएको छ । ब्राजिलको दक्षिणी सहरमा पर्ने चापाकोको जनसंख्या कूल २ लाख छ । १० दिनअघि मात्र कोन्डा एरिनामा रहेको रंगशालामा बिजुली बालिएको थियो ।

सभाको व्यवस्थापन मिलाउन २० हजार क्षमताको रंगशालाको दुबै छेउमा ठूलो स्क्रिन लगाउने कामलाई तदारुक्ताका साथ अगाडि बढाइएको छ। यस्तै, विमान दुर्घटनामा ज्यान गुमाएका खेलाडी तथा पदाधिकारीका २ हजार पारिवारीक सदस्यलाई बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।

लाशलाई विमानस्थलमा ब्राजिलियन फुटबल संघका अध्यक्ष मिचेल टेमेरले श्रद्धाञ्जली दिने कार्यक्रम छ। यस्तै शोक सभामा भाग लिन अस्ट्रेलियाको भ्रमण स्थगित गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनो ब्राजिल पुगिसकेका छन् ।

यस्तै, विश्व फुटबलका दुई महान खेलाडी ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनासहित वर्तमानका स्टार खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेसीले गहिरो दुःख व्यक्त गरिसकेका छन् ।

आज हुने च्याम्पियन्स लिगको खेल अगाडि सम्पूर्ण खेलाडीलाई मौन धारण गर्दै श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ। विमान दुर्घटनामा खेलाडीबाहेक १३ ब्राजिलियन, पाँच बोलिभियन र एक भेनेजुएलाका व्यक्ति रहेको बताइएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी