मंसिर १८, चापाको । विमान दुर्घटनामा मारिएका आफ्ना खेलाडीलाई श्रद्धाञ्जली दिन ब्राजिलको दक्षिण सहर चापाकोस्थित क्लबको रंगशाला अगाडि शहरको आधा जनसंख्या जम्मा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर १८, चापाको । विमान दुर्घटनामा मारिएका आफ्ना खेलाडीलाई श्रद्धाञ्जली दिन ब्राजिलको दक्षिण सहर चापाकोस्थित क्लबको रंगशाला अगाडि शहरको आधा जनसंख्या जम्मा "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलियन खेलाडीको श्रद्धाञ्जली सभामा सहरको आधा जनसंख्या उपस्थित हुने

१८ मंसिर २०७३, शनिबार ११:५५


मंसिर १८, चापाको । विमान दुर्घटनामा मारिएका आफ्ना खेलाडीलाई श्रद्धाञ्जली दिन ब्राजिलको दक्षिण सहर चापाकोस्थित क्लबको रंगशाला अगाडि शहरको आधा जनसंख्या जम्मा हुने अपेक्षा गरिएको छ ।

श्रद्धाञ्जली सभा शनिबार हुँदैछ । 

कोलम्बियाको मेडलिन सहरमा दुर्घटनाग्रस्त भएको बोलिभियन विमानमा यात्रा गरिरहेका चापाकोइन्सेका २२ सदस्यीय खेलाडीसहित क्लबसँग आवद्ध ५१ जनाको ज्यान गएको थियो। सबै लासलाई कोलम्बियाबाट ब्राजिली सेनाको विमानले ओसार्ने बताइएको छ ।

श्रद्धाञ्जली सभामा सहरका एक लाख व्यक्ति उपस्थित हुने जनाइएको छ । ब्राजिलको दक्षिणी सहरमा पर्ने चापाकोको जनसंख्या कूल २ लाख छ । १० दिनअघि मात्र कोन्डा एरिनामा रहेको रंगशालामा बिजुली बालिएको थियो ।

सभाको व्यवस्थापन मिलाउन २० हजार क्षमताको रंगशालाको दुबै छेउमा ठूलो स्क्रिन लगाउने कामलाई तदारुक्ताका साथ अगाडि बढाइएको छ। यस्तै, विमान दुर्घटनामा ज्यान गुमाएका खेलाडी तथा पदाधिकारीका २ हजार पारिवारीक सदस्यलाई बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।

लाशलाई विमानस्थलमा ब्राजिलियन फुटबल संघका अध्यक्ष मिचेल टेमेरले श्रद्धाञ्जली दिने कार्यक्रम छ। यस्तै शोक सभामा भाग लिन अस्ट्रेलियाको भ्रमण स्थगित गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनो ब्राजिल पुगिसकेका छन् ।

यस्तै, विश्व फुटबलका दुई महान खेलाडी ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनासहित वर्तमानका स्टार खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेसीले गहिरो दुःख व्यक्त गरिसकेका छन् ।

आज हुने च्याम्पियन्स लिगको खेल अगाडि सम्पूर्ण खेलाडीलाई मौन धारण गर्दै श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ। विमान दुर्घटनामा खेलाडीबाहेक १३ ब्राजिलियन, पाँच बोलिभियन र एक भेनेजुएलाका व्यक्ति रहेको बताइएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु