१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बम विस्फोटमा परी एकै परिवारका चारको मृत्यु

२० मंसिर २०७३, सोमबार १२:२८

मङ्सिर २०, अफगानिस्तान । अफगानिास्तानको पूर्वी प्रान्त पाक्टिकामा सडकको किनारमा राखिएको एक बम विस्फोटमा परी चार अफगान नागरिकको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

सोमबार बिहान भएको यस बम विस्फोटमा परी एकै परिवारका चार व्यक्तिको मृत्यु भएको छ । प्रान्तीय प्रहरी उपप्रमुख अब्दुल राउफ मसुदका अनुसार यस आक्रमणमा परी दुई बालबालिका र दुई महिलाको मृत्यु भएको छ ।

पाक्टिकाका खोसामन्द जिल्लामा भएको यस आक्रमणमा परी अर्का एक सर्वसाधारण घाइते भएका मसुदले थप जानकारी दिएका छन् ।

यस आक्रमणमा परी मारिएका ती परिवार एक दिन अगाडि मृत्यु भएको आफन्तको श्रद्धाञ्जलि सभामा सरिक हुनको लागि त्यसतर्फ गइरहेको बेलामा दुर्घटना भएको थियो ।

पाक्टिकामा भएको यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर अफगान सुरक्षाबललाई लक्ष्य गरी तालिवान आतङ्ककारी समूहले बारम्बार यस्ता आक्रमण गर्दै आएका छन्। त्यसकारण यो आक्रमणमा पनि तालिवानकै हात रहेको प्रहरीको अनुमान छ ।

सडक किनारमा राखिएको यस्ता बम विस्फोटमा परी बारम्बार सर्वसाधारण जनताले ज्यान गुमाउने गरेको छ। रासस/एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु