११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफ्रिकियाको अपहरित ए ३२० एयरबस माल्टामा अवतरण (लाइभ भिडियो हेर्नुस)

८ पुष २०७३, शुक्रबार १३:३५


पुस ८, माल्टा । चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० माल्टामा अवतरण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

यसपहिले माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीटमार्फत लिबियाको आन्तिरिक उडानका लागि छुटेको विमान सम्भावित अपहरणमा परेको जानकारी गराएका थिए । 

विमान लिवियाको साभाबाट त्रिपोलीका लागि प्रस्तान भएपनि यसमा सवार दुई यात्रुले ग्रिनेड हातमा लिई आफुले भनेको ठाउँमा विमान अवतरण नगराए विमानभित्र विस्पोट गराउने धम्की दिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

विमान अवतरण भएको धेरै समयसम्म पनि विमानको इन्जिन चालु अवस्थामा रहेको बताइएको छ । विमान अवतरण पछि माल्टाको आपतकालिन सुरक्षा टोली विमानस्थलमा पुगेको छ भने माल्टाको राष्ट्रिय सुरक्षा समितिले आपतकालिन सेवा दिइरहेको माल्टा सरकारले जनाएको छ । अवतरणपछि अहिले सरकार र सुरक्षा समितिबीच छलफल शुरुभएको प्रधानमन्त्री मस्कटले ट्वीटमार्फत जानकारी गराएका छन् । 

विमानमा रहेका चालक दलका सात सदस्य बाहेकका १११ यात्रुमध्ये ८२ जना पुरुष र २८ जना महिला रहेका लिवियाले जनाएको छ ।  

यसैबीच माल्टा विमानस्थलमा अपहरित विमानले अवतरणका लागि अनुमति मागेपछि उक्त विमानस्थलबाट विभिन्न गन्तव्यका लागि उडानभर्न तयारी गरिरहेका विमान विमानस्थलमा अलपत्र परेका थिए भने अवतरणको पर्खाइमा रहेका विमानलाई सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अन्यत्र पठाइएको थियो । रासस/सिन्ह्वा/एएफपी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह