पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा "/>
२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बान कि मुन भावी दक्षिण कोरियाली राष्ट्रपति !

११ पुष २०७३, सोमबार ०९:१६

पुस ११, सोल । संयुक्त राष्ट्रसंघको महासचिववाट आगामी वर्षको सुरुवातदेखि विदा हुन लागेका बान कि मुन दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारीमा लागेका छन् ।

राष्ट्रसंघमा लगातार दुई पटक गरी दश वर्षसम्म महासचिव रहेका बानले दक्षिण कोरियाली राष्ट्र तथा राज्यप्रमुख पदमा सजिलै विजयी हुने अनुमान स्थानीय सर्वेक्षणहरुले देखाएका छन् ।

सोलको बहुचर्चित स्थानीय एक सर्वेक्षण संस्थाः रियल मिटरले गत १९ देखि २३ डिसेम्बरसम्म देशभरिका विभिन्न समुदायका दुईहजार पाँचसय २८ जना मतदाता माझ सञ्चालन गरेको एउटा सर्वेक्षणमा अधिकतम अर्थात् २३ दशमलव ३ प्रतिशत मत बानले पाएका छन् ।

यो अंक यसको एक हप्ताअघि सोही संस्थाले गरेको सर्वेक्षणमा प्राप्त अङ्कभन्दा  २ दशमलब ८ प्रतिशतले बढेको पनि जनाइएको छ ।

गतः डिसेम्बर–९ मा दक्षिण कोरियाली संसद्ले महाअभियोग प्रस्ताव पारित गरेपछि सत्ताबाट आंशिक बेइज्जतिपूर्वक बाहिरिनै लाग्नुभएकी दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन हाईको गृहजिल्ला वा सत्तारुढ साएनुरी पार्टीको पकेट भोट क्षेत्रः उत्तरी ग्योङ्गसाङग प्रान्तबाट बानलाई अधिकतम समर्थन प्राप्त भएको तथ्य सो सर्वेक्षणको चाखलाग्दो पक्ष रहेको जनाइएको छ ।

बानको पक्षमा देशभरीको समग्र औसतमा २३ दशमलव ३ प्रतिशत अंक प्राप्त भएकोमा उत्तरी ग्योङ्गसाङग प्रान्तको मात्र अङ्क छुट्ट्याउँदा ३५ दशमलब ८ प्रतिशत रहेको र यो अङ्क अघिल्लो सर्वेक्षणमा प्राप्त अङ्कभन्दा ९ दशमलब ३ प्रतिशतले बढेको छ ।

पछिल्लो जनमत सर्वेक्षणमा दक्षिण कोरियाली अन्य चर्चित नेतामध्ये संसदमा सबैभन्दा ठूलो विपक्षी दल–मिञ्जो पार्टीका नेता मुन जाए–इनले २३ दशमलब १ प्रतिशत, मिञ्जो पार्टीकै अर्का नेता ली जाए–म्युङ्गले १२ दशमलब ३ प्रतिशत, संसद्को अर्को विपक्षी दल – पिपुल्स पार्टीका नेता आङ् चिओल– सूले ८ दशमलब २ प्रतिशत अङ्क पाएका छन् ।

मिञ्जो पार्टीका नेता मुन जाए–इनले आगामी निर्वाचनमा राष्ट्रपतीय पदका लागि विजयी हुने भनी यस अघिको जनमत सर्वेक्षणले ठम्याएकोमा दक्षिण कोरियाली उच्च राजनीतिमा बान कि मुनको पुनरागमनपछि भने मुन जाए–इनको स्थिति स्वाट्टै तल झरेको पनि जनाइएको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युट्युबर मनोज मानव फेरि पक्राउ ‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु के हो चीनमा देखिएको ‘एचएमपिभी’ भाइरस, कति खतरनाक, कसरी बच्ने? छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट