पुस ११, ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसबाट स्पेनको बार्सिलोनातर्फ प्रस्थान गर्नै लागेको एउटा विमानमा बम राखिएको भन्ने हल्ला चलेपछि सो उडान निकै विलम्ब गरी उडाइएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसबाट स्पेनको बार्सिलोनातर्फ प्रस्थान गर्नै लागेको एउटा विमानमा बम राखिएको भन्ने हल्ला चलेपछि सो उडान निकै विलम्ब गरी उडाइएक"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बार्सिलोना जाने विमानमा बम राखिएको हल्ला फैलिएपछि…

२०७३, ११ पुष सोमबार १२:३६

पुस ११, ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसबाट स्पेनको बार्सिलोनातर्फ प्रस्थान गर्नै लागेको एउटा विमानमा बम राखिएको भन्ने हल्ला चलेपछि सो उडान निकै विलम्ब गरी उडाइएको ट्युनिसियाली गृहमन्त्रीले जानकारी दिएका छन् ।

ट्युनिसियाको ट्युनिस–कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक ट्युनिस एयरको विमानमा सबै यात्रुलाई चढाई सकेपछि सो विमानमा बम राखिएको भन्ने असत्य हल्ला अकस्मात् फैलिन गएको थियो। 

त्यसपछि सम्बन्धित अधिकारीले सबै यात्रुलाई उतारेर सबै यात्रुका झोला, ब्यागेजलगायत विमानको कुनाकाप्चा सबैतिर जाँच पड्ताल, निरीक्षण गर्दा बम वा अन्य शङ्कास्पद विस्फोटक पदार्थ केही पनि फेला नपरेपछि सो विमानलाई उड्ने अनुमति दिइएको पनि गृहमन्त्रीले बताए।

विमान सकुशल स्पेनको बार्सिलोना विमानस्थलमा अवतरण गरेको र बम राखिएको भन्ने असत्य हल्लासँग संलग्न एकजना संदिग्ध महिलालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको पनि जनाइएको छ। 

यसैगरी, श्रीलङ्काको कोलम्बो विमानस्थलमा हुने धेरै हवाई उडानका प्रस्थान-अवतरण पनि विलम्व भएका छन्। कोलम्बोको स्थानीय बन्दरनायिके अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने एवम् बाह्य मुलुकबाट अवतरण गर्ने सबै हवाई उडान चार घन्टासम्म अवरुद्ध भई विलम्ब भएका छन्। 

कोलम्बोमा आवतजावत गर्ने धेरैजसो विमानले भारतीय भू–भागमाथिको आकाश मार्ग प्रयोग गर्छन् । सोमबार बिहान ८.३० देखि १२.३० सम्म भारतले दक्षिण भारतमाथिको आकाशमार्ग बन्द गर्नाले कोलम्बोका सबै अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। 

श्रीलङ्काको राष्ट्रिय ध्वजाबाहक श्रीलङ्कन एयरका सिङ्गापुर, जाकार्ता र क्वालालम्पुरतर्फ प्रस्थान गर्ने उडानका साथै धेरै बाह्य मुलुकबाट कोलम्बो आउने उडान पनि चार घन्टाले विलम्ब भएको कोलम्बो विमानस्थल अधिकारीले जनाएका छन् 

दक्षिण भारतमा एक विशेष परीक्षण उडान सञ्चालन गर्नुपरेका कारण दक्षिण भारतको सरहदमाथिको आकाशमार्ग केही समयका लागि बन्द गर्नुपर्ने बाध्यता भएको भनी भारतीय हवाई यातायात नियन्त्रण निकाय (एयर ट्राफिक कन्ट्रोल) ले सम्बन्धित श्रीलङ्काली अधिकारीलाई पूर्व जानकारी दिएको पनि बताइएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी