नयाँदिल्ली, ६ माघ । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ । 

घटनामा परी अन्य केही घा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नयाँदिल्ली, ६ माघ । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ । 

घटनामा परी अन्य केही घा"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा बस दुर्घटना, कम्तिमा १५ जनाको मृत्यु

२०७३, ६ माघ बिहीबार ०८:०७

नयाँदिल्ली, ६ माघ । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ । 

घटनामा परी अन्य केही घाइते भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेमा बसका चालकसमेत रहेका छन् । 

एलिगाञ्जमा निकै दुःखद दुर्घटना भएको छ, १५ जनाको मृत्यु भएको छ, घाइतेहरुको उद्धार तथा उपचार भइरहेको छ, उत्तर प्रदेशका उच्च प्रहरी अधिकारी जभिड अहमेदले ट्विट गर्नुभएको छ । उहाँले मृतकको संख्या बढ्न सक्ने पनि बताउनुभएको छ । 

बस र ट्रक एक आपसमा ठोक्किनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर जाडोको समयमा विहानमा निकै बाक्लो कुहिरो लागेकाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । 

भारतमा गत बर्ष मात्रै झण्डै एक लाख ५० हजार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । दैनिक चार सय जनाको मृत्यु हुने गरेको सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गर्नुभएको छ । रासस/एएफपी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन