चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिड"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनिया राष्ट्रपतिले ट्रम्पसँग भेटबार्ता गर्ने

२२ चैत्र २०७३, मंगलवार १३:१०


चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिडामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको भ्रमणको सुरुमा उनी फिनल्याण्ड प्रस्थान गरेका हुन । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र अमेरिकाका राष्ट्रपति ट्रम्पको औपचारिक निमन्त्रणामा राष्ट्रपति सिले भ्रमण गर्न लागेकेा चीनको विदेश मन्त्रालयले यसअघि नै जनाएको थियो । राष्ट्रपति सिले अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्याण्डको र ६ देखि ७ तारिखसम्म अमेरिकाको भ्रमण गर्ने तालिका रहेको छ ।

सिको भ्रमण टोलीमा उनकी श्रीमती फङ लियुआन, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य वाङ हुनिङ, उपप्रधानमन्त्री वाङ याङ, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य तथा केन्द्रीय सचिवालय सदस्य लि झान्सुलगायत रहेका छन् ।

पुटिनलाई पूर्णसाथ दिने ट्रम्पको घेाषणा 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट 'पूर्णसाथ' दिने घेाषणा गरेका छन् ।

रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उनले पूर्ण साथको प्रतिबद्धता व्यक्त गरेका हुन।राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धान्जलि व्यक्त गर्दै पीडित सबैप्रति सहानुभूति व्यक्त गरेका छन्।

रुसले सोमबारको आक्रमण नाटकिय आतङ्क भएको बताएको छ । सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ । सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरुमध्ये एक हो। दैनिक बीस लाखभन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन् ।

'घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न अमेरिकी सरकारले आफ्नोतर्फबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दछ,' राष्ट्रपति ट्रम्पको कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ।विज्ञप्तीमा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई फोन गरेर दुःख व्यक्त गरेकेा उल्लेख गरिएको छ ।

दुबै राष्ट्रपति आतङ्ककारीलाई तत्काल नाश गर्न सहमत भएको पनि विज्ञप्तीमा लेखिएको छ।कतिपय विषयमा आरोपप्रत्यारोप भई सम्वन्ध विग्रिरहेका बेला दुबै राष्ट्रपतिले आतङ्ककारीहरु विरुद्ध लड्ने अठोट व्यक्त गरेका हुन ।

रुसी राष्ट्रपति पुटिनले सोमबार साँझ नै घटनास्थलको भ्रमण गरी मृतकहरु प्रति श्रद्धान्जलि व्यक्त गरेका छन् । रासस/सिन्ह्वा/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला