चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिड"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनिया राष्ट्रपतिले ट्रम्पसँग भेटबार्ता गर्ने

२०७३, २२ चैत्र मंगलवार १३:१०


चैत २२, बेइजिङ । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि मङ्गलबार अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गरेका छन् ।

अमेरिकाको फ्लोरिडामा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको भ्रमणको सुरुमा उनी फिनल्याण्ड प्रस्थान गरेका हुन । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र अमेरिकाका राष्ट्रपति ट्रम्पको औपचारिक निमन्त्रणामा राष्ट्रपति सिले भ्रमण गर्न लागेकेा चीनको विदेश मन्त्रालयले यसअघि नै जनाएको थियो । राष्ट्रपति सिले अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्याण्डको र ६ देखि ७ तारिखसम्म अमेरिकाको भ्रमण गर्ने तालिका रहेको छ ।

सिको भ्रमण टोलीमा उनकी श्रीमती फङ लियुआन, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य वाङ हुनिङ, उपप्रधानमन्त्री वाङ याङ, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य तथा केन्द्रीय सचिवालय सदस्य लि झान्सुलगायत रहेका छन् ।

पुटिनलाई पूर्णसाथ दिने ट्रम्पको घेाषणा 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट 'पूर्णसाथ' दिने घेाषणा गरेका छन् ।

रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उनले पूर्ण साथको प्रतिबद्धता व्यक्त गरेका हुन।राष्ट्रपति ट्रम्पले घटनामा मृत्यु भएका सबैप्रति श्रद्धान्जलि व्यक्त गर्दै पीडित सबैप्रति सहानुभूति व्यक्त गरेका छन्।

रुसले सोमबारको आक्रमण नाटकिय आतङ्क भएको बताएको छ । सेन्ट पिटर्सवर्ग शहरमा तीन दिनको शोकको घोषणा गरिएको छ । सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरुमध्ये एक हो। दैनिक बीस लाखभन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन् ।

'घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न अमेरिकी सरकारले आफ्नोतर्फबाट सहयोग गर्ने बचनबद्धता व्यक्त गर्दछ,' राष्ट्रपति ट्रम्पको कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ।विज्ञप्तीमा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई फोन गरेर दुःख व्यक्त गरेकेा उल्लेख गरिएको छ ।

दुबै राष्ट्रपति आतङ्ककारीलाई तत्काल नाश गर्न सहमत भएको पनि विज्ञप्तीमा लेखिएको छ।कतिपय विषयमा आरोपप्रत्यारोप भई सम्वन्ध विग्रिरहेका बेला दुबै राष्ट्रपतिले आतङ्ककारीहरु विरुद्ध लड्ने अठोट व्यक्त गरेका हुन ।

रुसी राष्ट्रपति पुटिनले सोमबार साँझ नै घटनास्थलको भ्रमण गरी मृतकहरु प्रति श्रद्धान्जलि व्यक्त गरेका छन् । रासस/सिन्ह्वा/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट