जेठ २६,काठमाडौं। टर्कीको संसदले कतारमा सेना परिचालन गर्न अनुमति दिने एक मस्यौदा कानुन अनुमोदन गरेको छ ।

कतारमाथि लगाइएको प्रतिबन्धले कतारी नागरिकमाथि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६,काठमाडौं। टर्कीको संसदले कतारमा सेना परिचालन गर्न अनुमति दिने एक मस्यौदा कानुन अनुमोदन गरेको छ ।

कतारमाथि लगाइएको प्रतिबन्धले कतारी नागरिकमाथि "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्की संसदद्वारा कतारको पक्षमा यस्तो निर्णय

२०७४, २६ जेष्ठ शुक्रबार ११:५२


जेठ २६,काठमाडौं। टर्कीको संसदले कतारमा सेना परिचालन गर्न अनुमति दिने एक मस्यौदा कानुन अनुमोदन गरेको छ ।

कतारमाथि लगाइएको प्रतिबन्धले कतारी नागरिकमाथि अन्याय भएको बताउँदै तत्काल सहयोगका लागि थप तीन हजारको संख्यामा विशेष सैनिकदस्ता कतार पठाउन दिने मस्यौदा कानुन अनुमोदन गरेको हो ।

यसअघि, टर्कीका राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले कतारमाथि लगाइएको प्रतिबन्धको आलोचना गर्दै तत्काल समस्या समाधान गर्न मध्यस्तताको भूमिका निर्वाह गर्न तयार रहेको बताएका थिए ।

राष्ट्रपति एर्दोआनले तीन हजार सैनिक इरानको नाका प्रयोग गरेर कतार पठाउन सकिने कानुनी मस्यौदा टर्कीका संसदले पारित गरिसकेको बताएका छन् ।

कतारसँग जोडिएको सबै भू–भाग छिमेकी राष्ट्रले बन्द गरेपछि टर्कीले इरानको समुद्र र भूमि प्रयोग गरेर सैनिक कार्गो विमानमार्फत् पानी र खाद्यान्य कतार पुर्‍याएको जनाइएको छ । यद्यपि, कतारले भने उक्त सहयोग स्वीकार गरिनसकेको बीबीसीले  उल्लेख गरेको छ ।

टर्कीस एसियन स्ट्रार्टिजिक स्टडिज सेन्टरका प्रमुख सुल्येम्यान सेन्सोयले कतारलाई केही राष्ट्रहरुले दन्ड दिएको बताए ।

उनले भनेका छन्–‘मेरो विचारमा साउदी अरब, युएई र अमेरिकाले संयुक्तरुपमा आत्मसाथ गरेको रणनीतिअनुसार कतारले अंगालीरहेको रणनीतिलाई संकटमार्फत् दबाउन ओकेलिरहेको रिस हो ।’

सेन्सोयोकाअनुसार टर्की सरकारले कतार संकट समाधानका लागि दुईपक्षीय तथा बहुपक्षीय कूटनीतिकमार्फत् आफ्नो भूमिका जारी राख्ने कोसिस गरिरहेको छ ।

आतंककारीलाई प्रश्रय दिएको भन्दै सातओटा मुस्लिम बहुल राष्ट्रहरुले कतारसँगको कूटनीतिक सम्बन्धविच्छेद गरेका थिए । कतारले भने आफूमाथि लगाइएको आरोपको खन्डन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी