जेठ २६,काठमाडौं। टर्कीको संसदले कतारमा सेना परिचालन गर्न अनुमति दिने एक मस्यौदा कानुन अनुमोदन गरेको छ ।

कतारमाथि लगाइएको प्रतिबन्धले कतारी नागरिकमाथि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६,काठमाडौं। टर्कीको संसदले कतारमा सेना परिचालन गर्न अनुमति दिने एक मस्यौदा कानुन अनुमोदन गरेको छ ।

कतारमाथि लगाइएको प्रतिबन्धले कतारी नागरिकमाथि "/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्की संसदद्वारा कतारको पक्षमा यस्तो निर्णय

२६ जेष्ठ २०७४, शुक्रबार ११:५२


जेठ २६,काठमाडौं। टर्कीको संसदले कतारमा सेना परिचालन गर्न अनुमति दिने एक मस्यौदा कानुन अनुमोदन गरेको छ ।

कतारमाथि लगाइएको प्रतिबन्धले कतारी नागरिकमाथि अन्याय भएको बताउँदै तत्काल सहयोगका लागि थप तीन हजारको संख्यामा विशेष सैनिकदस्ता कतार पठाउन दिने मस्यौदा कानुन अनुमोदन गरेको हो ।

यसअघि, टर्कीका राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले कतारमाथि लगाइएको प्रतिबन्धको आलोचना गर्दै तत्काल समस्या समाधान गर्न मध्यस्तताको भूमिका निर्वाह गर्न तयार रहेको बताएका थिए ।

राष्ट्रपति एर्दोआनले तीन हजार सैनिक इरानको नाका प्रयोग गरेर कतार पठाउन सकिने कानुनी मस्यौदा टर्कीका संसदले पारित गरिसकेको बताएका छन् ।

कतारसँग जोडिएको सबै भू–भाग छिमेकी राष्ट्रले बन्द गरेपछि टर्कीले इरानको समुद्र र भूमि प्रयोग गरेर सैनिक कार्गो विमानमार्फत् पानी र खाद्यान्य कतार पुर्‍याएको जनाइएको छ । यद्यपि, कतारले भने उक्त सहयोग स्वीकार गरिनसकेको बीबीसीले  उल्लेख गरेको छ ।

टर्कीस एसियन स्ट्रार्टिजिक स्टडिज सेन्टरका प्रमुख सुल्येम्यान सेन्सोयले कतारलाई केही राष्ट्रहरुले दन्ड दिएको बताए ।

उनले भनेका छन्–‘मेरो विचारमा साउदी अरब, युएई र अमेरिकाले संयुक्तरुपमा आत्मसाथ गरेको रणनीतिअनुसार कतारले अंगालीरहेको रणनीतिलाई संकटमार्फत् दबाउन ओकेलिरहेको रिस हो ।’

सेन्सोयोकाअनुसार टर्की सरकारले कतार संकट समाधानका लागि दुईपक्षीय तथा बहुपक्षीय कूटनीतिकमार्फत् आफ्नो भूमिका जारी राख्ने कोसिस गरिरहेको छ ।

आतंककारीलाई प्रश्रय दिएको भन्दै सातओटा मुस्लिम बहुल राष्ट्रहरुले कतारसँगको कूटनीतिक सम्बन्धविच्छेद गरेका थिए । कतारले भने आफूमाथि लगाइएको आरोपको खन्डन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या