जेठ २८, तेहरान | इरानले कतारलाई पाँच ओटा कार्गो विमान खाद्यान्न पठाइएको इरानको सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । 

अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, तेहरान | इरानले कतारलाई पाँच ओटा कार्गो विमान खाद्यान्न पठाइएको इरानको सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । 

अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानले झन्डै ३५० टन खाद्यान्न कतारलाई पठायो, मागेजति पठाईरहने

२८ जेष्ठ २०७४, आईतवार ११:०७

जेठ २८, तेहरान | इरानले कतारलाई पाँच ओटा कार्गो विमान खाद्यान्न पठाइएको इरानको सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् । 

अरबी देशहरुबाट नाकाबन्दी गरिएकाले कतारमा खाद्यान्न सङ्कट हुन सक्ने देखेर इरानले खाद्यान्न पठाइदिएको जनाएको छ । “पाँच ओटा कार्गो जहाजमा फलफुल, तरकारीलगायतका ताजा खानेकुरा कतार पठाइएको छ, हरेक विमानले झन्डै ९० टन बोकेका थिए, अरु जहाजमा पनि पठाइने भएको छ,” इरानका हवाई प्रवक्ता शाक्रोख नौशाबाडीले भन्नुभयो । 

“त्यहाको मागअनुसार हामी निरन्तर निर्यात गर्ने छौँ,” उहाँले थप्नुभयो । झन्डै ३५० टन त्यो खाद्यान्न पानी जहाजमा राखेर कतारको बन्दरगाहामा पुर्याइएको उहाँले जानकारी दिनुभयो । दायेर इरानबाट कतारको सबै भन्दा नजिकको बन्दरगाहा हो । 

अरव क्षेत्रमा यस वर्ष निकै ठुलो कुटनीतिक समस्या देखिएको छ । साउदी अरव, बहराइन, युनाइटेड अरव इमिरेटस्, इजिप्ट र यमनले गत सोमबार कतारमा नाकाबन्दी गरिएको घोषणा गरेका थिए । कतारले अतिबादीलाई सहयोग गरेकाले नाकाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । 

बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायत कै लन्डन ब्रिजनजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप भयभित भई तीव्र खैलाबैला मच्चिएको थियो । 

पछिल्लो आक्रमण इस्लामिक स्टेट्स आतङ्कवादी सङ्गठन ९आइएस०ले गराएको दाबी गरेको थियो । आइएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमी मुलुकहरुद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी निती अवलम्बन गरेको इत्यादि आरोपमा गल्फका छ अरबी राष्ट्रहरु–इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससमेत सातवटा मुलुकले कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेका थिए । 

ती मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवम् नागरिकलाई देश छोड्ने आदेश दिएका थिए । 

त्यत्ति मात्र नभई ती राष्ट्रले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाइमार्गका नाका प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाले कतारका कुनै पनि गन्तब्यतर्फ उडान नगर्ने निर्णय लिएका थिए । अझ कतारसँग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमासमेत बन्द गरेको थियो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु