2026-10-23 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूससँगको युद्धको सम्झनामा रहेको जर्जिया, युरोपतर्फको बाटो खोज्दै

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्नुभन्दा केही वर्ष अगाडि, सन् २००८ अगस्टमा पाँच दिने युद्ध सुरु गर्दा जर्जियालीहरूले शत्रुताको सामना गरिसकेका थिए ।

गोरि शहरमा बम आक्रमण गरिएको थियो भने उत्तरतर्फको शिन्दिसीमा भएको भयानक युद्धले रेलवे स्टेशन ध्वस्त पारिएको थियो । यो युद्धको सम्झनासँगै, हाल जर्जियाको विपक्षी दलहरूले शनिबारको चुनावलाई रूस वा युरोप बीचको छनोटको रूपमा चित्रण गरेका छन् ।

उनीहरूको उद्देश्य १२ वर्षदेखि सत्तामा रहेको जर्जियन ड्रीम पार्टीलाई सत्ताबाट हटाउनु हो, जसलाई उनीहरूले रूसको प्रभावमा रहेको आरोप लगाएका छन्। विपक्षी गठबन्धनहरूले देशलाई युरोपियन संघको सदस्य बनाउने अडान लिएका छन् ।

‘हामीले यी सडकहरूमा रूसीहरू देखेका थियौं, गोरिमा विपक्षी गठबन्धनका प्रचार प्रमुख मिन्डिया गोदर्दजिश्विलीले भने ‘यहाँका मानिसहरूले यो सम्झना राखेका छन्, तर वर्तमान सरकारले तिनीहरूको भावनामा खेल्दै सत्तामा टिक्न खोजिरहेको छ।’

तर जर्जियन ड्रीम पार्टीका नेता बिद्जिना इवानिश्विलीले विपक्षीहरूको आरोपलाई अस्वीकार गर्दै पार्टीलाई शान्तिको पक्षधर बताउँदै आएका छन् । उनीहरूले विपक्षीलाई विश्वव्यापी युद्ध पार्टीको समर्थनमा रहेको भन्दै देशलाई फेरि युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।

यो चुनावको महत्त्वपूर्ण पक्ष भनेको जर्जियाका धनी व्यक्ति इवानिश्विलीको उपस्थितिले भएको छ । उनले आफ्नो चुनावी अभियानमा प्रमुख विपक्षी दल युनाइटेड नेशनल मुभमेन्ट लाई प्रतिबन्ध लगाउने प्रतिज्ञा गरेका छन्, जसको पूर्व नेता मिखाइल साकाश्विली अहिले जेलमा छन् ।

साकाश्विलीले सन् २००८ को युद्धको सुरुआत गरेको भन्ने आरोपलाई अस्वीकार गर्ने धेरै छन्, जस्तै शिन्दिसीका ३० वर्षीय मतदाता अलेक्सान्द्रेले यसलाई ूअसंभवू भनेका छन् ।

यहाँका धेरै युवा रोजगारका लागि विदेश गइसकेका छन् र उनी चाहन्छन् कि सरकारले देशको रेलमार्गलाई पुनःजीवित गराओस् र रूसको प्रभावबाट जर्जियाली भूमिको रक्षा गराओस् ।

जर्जियालीहरूको व्यापक समर्थन भने युरोपियन संघमा आवद्ध हुने दिशामा रहेको छ, तर कुन पार्टीले त्यो अवसर दिने हो, त्यो अस्पष्ट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने