२६ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत

११ कार्तिक २०८१, आईतवार ०९:१०

काठमाडौं । जर्जियामा संसद निर्वाचनको प्रारम्भिक नतिजा अनुसार सत्तारूढ जर्जियन ड्रीम (जीडी) पार्टीले ५३ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म ७० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर पश्चिम–समर्थक विपक्षी पार्टीहरूको एक संयुक्त गठबन्धनले पनि आफ्नो विजय दावी गरेको छ ।

करीब ४० लाख जनसंख्या भएको यो देशमा यस निर्वाचनलाई युरोपियन युनियन (इयु) सदस्यता प्राप्तिको महत्वपूर्ण क्षणको रूपमा हेरिएको छ ।

सन् २०१२ देखि जीडी पार्टी सत्तामा रहँदै देशलाई पश्चिमबाट टाढा र रुसको नजिक ल्याउन प्रयासरत छ । यसैले यो निर्वाचनलाई रुस की युरोपको यात्राको जनमत संग्रहको रुपमा ब्याख्या गरिएको छ ।

जीडीका संस्थापक बिदिजना इभानिशविलिले मतदान समाप्तिपछि विजयी भएको दावी गर्दै भने, ‘जर्जियाली जनताको मतको कदर गर्दै अघि बढ्छौं’

जीडीले बहुमत हासिल गरेमा जर्जियाको इयुको सदस्यताको सम्भावनालाई धेरै हदसम्म रोक्नेछ । अहिलेको सत्तारुढलाई फालेर विपक्षीहरु मिलेर सरकार बनाउनले र इयुमा समावेश हुने एजेन्डाका साथ चुनावी मैदानमा गएका थिए ।

मास्को र ब्रसेल्स दुवैले यस निर्वाचनलाई नजिकबाट हेरिरहेका छन्, किनभने इयुले यो नतिजालाई जर्जियाको भविष्यसँग जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्याे: प्रधानमन्त्री ओली लुम्बिनीलाई १८ रनले हराउदै काठमाडौँको दोस्रो जित, प्लेअफबाट बाहिरियो लुम्बिनी लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक लुम्बिनीको सातौं विकेट पतन लुम्बिनीको चौथो विकेट पतन, ८ रन बनाएर आउट भए रोहित पौडेल रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन आज पनि रास्वपाको प्रदर्शन,पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य काठमाडौं पशुपतिको वनकालीमा एक पुरुष मृत फेला नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सशस्त्रका तत्कालीन इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौंले गुमायो छैटौँ विकेट पावर प्लेमा काठमाडौंले २३ रन जोडेर गुमायो चौथौं विकेट पहिलो ओभरमै काठमाडौँलाई पहिलो झट्का टस जितेर लुम्बिनीविरुद्ध ब्याटिंग गर्दै काठमाडौँ गुर्खाज वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ रुकुम पूर्वमा अटो दुर्घटना हुँदा १२ वर्षीया बालिकाको मृत्यु, चारजना घाइते बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प जनकपुर भर्सेस सुदूरपश्चिम: ‘प्लेयर अफ द म्याच’ इशान पाण्डे, ‘ममेन्ट अफ द म्याच’ दीपेन्द्रसिंह ऐरी