२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीमा भएको सबै पैसाभन्दा रुसले गुगललाई लगाएको जरिवाना २ करोड गुणा बढी !

२०८१, १५ कार्तिक बिहीबार १५:०५

काठमाडौँ | रुसले गुगललाई पृथ्वीमा भएको कूल पैसाभन्दा दुई करोड ३८ लाख नौ हजार ५२३ गुणा बढी जरिवाना तिर्न निर्देशन दिएको छ । विभिन्न मितिमा रुसी च्यानललाई युट्युबमा ब्लक गरेको भन्दै रुसले गुगललाई जरिवाना तिराउने निर्णय गरेको हो ।

द मस्को टाइम्सका अनुसार रुसी अदालतले गुगललाई २.५ डेसिलियन डलर जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको २.५ पछाडि ३३ ओटा शून्य हुनु हो ।

द मस्को टाइम्सले सार्वजनिक गरेको रिपोर्टमा गुगलले यो जरिवाना कहिल्यै नतिर्ने टिप्पणी गरिएको छ । गुगलको मातृ कम्पनी अल्फाबेटले गत वर्ष ३०७ अर्ब डलर आम्दानी गरेको थियो । तर, कर्पोरेट दुनियाँमा यसलाई हिसाब गर्ने हो भने तुलनात्मक रूपमा ३०७ अर्ब डलर त्यति धेरै होइन । झन् रुसले तिराएको जरिवानाका अगाडि यो आम्दानी रकम केही पनि होइन ।

रुसको अदालतले गुगललाई किन यति धेरै जरिवाना तिराउन खोजेको होला ? यसको कारण हो, रुसले सञ्चालन गरेको मिडिया ।

रुसले युक्रेनमा आक्रमण गर्न थालेपछि त्यसको जवाफमा गुगलले थुप्रै रुसी च्यानल युट्युबमा ब्लक गरेको थियो । यसमा च्यानल वन, मस्को मिडिया, पब्लिक टेलिभिजन अफ रसिया आदि समावेश थिए । द्वन्द्वको समयमा भ्रामक जानकारी फैलिने जोखिम कम गर्न गुगलले रुसले नियन्त्रण गरेका सञ्चारमाध्यमको च्यानल ब्लक गरेको थियो ।

रुसी अदालतले गुगललाई ब्लक गरिएका अकाउन्ट फिर्ता गर्न र हरेक दिनको एक लाख रुबेल्स (करिब १०२९ डलर) फाइन तिर्न लगाएको छ । रुसी सञ्चारमाध्यम आरबीसीका अनुसार अदालतले हरेक साता उक्त जरिवाना रकम दोब्बर बनाउँदै लगेको थियो ।

दिन दुई गुणा रात चौगुणाका दरले उक्त जरिवाना रकम बढ्दै गएको थियो । २०२३ मा पृथ्वीको कूल गार्हस्थ उत्पादन (जीडीपी) १०५० खर्ब डलर भएको बताइन्छ । यसको तुलनामा गुगलले तिर्नुपर्ने रकम दुई करोड गुणाले बढी हो ।

गुगलले भने जरिवाना तिर्ने कुनै सङ्केत देखाएको छैन । उता जरिवाना रकम भने बढेको बढ्यै छ ।

वास्तवमा गुगल प्रायः पूरै रुसबाट बाहिरिइसकेको छ । गुगलको रुसी सहायक कम्पनीलाई रुसले करिब एक वर्षअघि कङ्गाल भएको घोषणा गरेको थियो ।

रुसी मिडिया कम्पनीहरूले सुरुमा गुगलविरुद्ध मुद्दा हालेका थिए । अहिले ती कम्पनी गुगललाई जरिवाना तिराउने प्रयासमा लागेका छन् । आरबीसीका अनुसार यी रुसी कम्पनीहरूले स्पेन, दक्षिण अफ्रिका, टर्की र हङ्गेरी जस्ता देशहरूमा गुगल विरुद्ध मुद्दा दायर गरेका छन्, ताकि रुसी जरिवाना कार्यान्वयन गराउन सकियोस् ।

यस वर्षको सुरुमा दक्षिण अफ्रिकाले गुगलका सम्पत्ति जफत गर्न अनुमति पनि दिएको थियो । जवाफमा गुगलले यी रुसी मुद्दाहरूलाई केवल रुसमा सीमित राख्न अमेरिका र बेलायतमा आफ्नै मुद्दाहरू सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ