2026-09-27 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय र्‍यापर बादशाहको नाइट क्लबबाहिर बम विस्फोट, लरेन्स बिश्नोई गिरोहको दाबी

चण्डीगढ | भारतीय र्‍यापर बादशाहको नाइट क्लबबाहिर बम विस्फोट भएको छ। चण्डीगढको सेक्टर २६ मा रहेको सेभिल रेस्टुरेन्टबाहिर मंगलबार बिहान दुईवटा विस्फोट भएका हुन्।

भारतीय सञ्चार माध्यमका अनुसार लरेन्स बिश्नोई गिरोहले सामाजिक सञ्जालमार्फत आफूहरूले विस्फोट गराएको दाबी गरेको छ। गोल्डी बरारद्वारा जारी पोस्टमा क्लबबाहिरको विस्फोटको जिम्मेवारी लिइएको छ।

प्रहरीका अनुसार पहिलो विस्फोट बिहान ३:१५ बजेतिर सेभिल रेस्टुरेन्टबाहिर भएको थियो। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले क्लबको प्रवेशद्वार नजिकै विस्फोटक पदार्थ विस्फोट गराएका थिए। केही मिनेटपछि नजिकैको डी’अरा क्लबबाहिर पनि यस्तै विस्फोट भएको थियो। विस्फोटका कारण क्लब रहेको भवनको झ्यालहरू फुटेका थिए।

घटनामा कुनै मानवीय क्षति नभएको पुष्टि गर्दै प्रहरीले उक्त क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजको अध्ययन गरिरहेको जनाएको छ। फुटेजमा दुई अज्ञात व्यक्तिले बार-सह-लाउन्जतर्फ केही फ्याँकेको र त्यसपछि धुवाँको बादल उठेको देखिएको छ।

बादशाहले गत डिसेम्बरमा सेभिल रेस्टुरेन्ट खोलेका थिए। उनी सेभिलका साथै सागो स्पाइसी सिम्फनी र सिडेराका सह-मालिक पनि हुन्। ३९ वर्षीय र्‍यापरले हिन्दी, अंग्रेजी, पञ्जाबी, र हरियाणवी भाषामा गीत गाएका छन्। उनले “कपुर एन्ड सन्स” र “क्रु” जस्ता बलिउड फिल्मका लागि पनि गीत गाएका छन्।

प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको छ भने गिरोहको दाबीबारे थप छानबिन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह