१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीबीसीको १ सय प्रभावशाली महिलाहरुमा नेपालकी आचार्य

१८ मंसिर २०८१, मंगलवार १६:३०

काठमाडौँ | बीबीसीले सार्वजनिक गरेको विश्वभरका १०० जना प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूचीमा नेपाली युवती शिलशिला आचार्य पनि परेकी छन् ।

लामो समयदेखि पर्यावरणको संरक्षणमा अभियान चलाइरहेकी शिलशिला बीबीसीको २०२४ को उत्कृष्ट सूचीमा नेपालबाट छनोट भएको एक्लो महिला हुन् ।

बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १ सय महिलाहरुको सूची सार्वजनिक गर्दैआएको छ । यसपटक शिलशिला आचार्य सयको सूचीमा परेकी हुन् । आचार्यले पसलहरुमा प्लास्टिकको झोला इन्कार गर्दै जलवायु परिवर्तन विरुद्ध अभियान चलाउँदै आएकी छन् ।

२०१४ देखि उनले ‘धन्यवाद म आफैं झोला बोक्छु’ अभियान सञ्चालन गर्दैआएकी छन् । अर्थात् यस अभियानले पसलमा दिइने प्लास्टिकका झोला नबोकेर ग्राहकलाई आफैं कपडाका झोला प्रयोग गर्न प्रोत्साहन गर्छ । फलस्वरुप हाल भाटभटेनी लगायत काठमाडौंका ठूला सुपरमार्केटमा प्लास्टिकको सट्टा कपडाका झोला प्रयोग हुँदैआएको छ ।

बीबीसीले यस वर्ष नोबेल पुरस्कार विजेता नादिया मुरादसहित १०० जना महिलाको सूची सार्वजनिक गरेको हो । जहाँ पर्यावरण, कृषि, स्वास्थ्य, राजनीतिक अभियान लगायत क्षेत्रमा सक्रिय र प्रभावशाली महिलाहरुको नामछ ।

नेपालकी शिलशिला आचार्यले भने फोहोर व्यवस्थापनको क्रममा अभनी भेन्चर्स नामक संस्था चलाउँछिन् । जहाँ उनको संस्थाले फालिएका प्लास्टिक संकलन गरेर विभिन्न सजावटका समग्री बनाएर पुनप्रयोगमा ल्याउने गरेको छ ।

साथै सीमान्तकृत समुदायका ३ सय भन्दा धेरैलाई रोजगारी पनि दिएको छ । आचर्यले यस संस्थामार्फत हिमालमा फालिएका प्लास्टिकको व्यवस्थापनमा पनि काम गरेकी थिइन् ।

गुल्मीमा जन्मिएकी शिलशिला आचार्य चिकित्सा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए पनि छाडेर वातावरण अध्ययन गर्दै जलवायु तथा पर्यावरणको क्षेत्रमा अभियन्ता बनेर लागेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का