2026-10-06 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न १५० जन्तीसहित पुग्दा बेहुली नै नआएपछि…

एजेन्सी | भारत पंजाबको जालन्धरका दीपक कुमार, जसले रातो पगडी र शेर्वानी लगाएका थिए, मोगा शहरमा विवाह स्थलमा दुलही नआएपछि १५० जनाजति जन्तीसहित अलपत्र परेका छन्।

भारतीय समाचार मध्यमहरुका अनुसार पीडित बेहुला दीपक वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा थिए । उनि इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न एक महिना अघि मात्र दुबईबाट फर्किएका थिए । उनीहरू तीन वर्षभन्दा बढी समयदेखि लामो दूरीको सम्बन्धमा थिए तर कहिल्यै प्रत्यक्ष भेटेका थिएनन्।

भर्चुअल प्रेममा परेका भारतका २४ वर्षीय दीपककुमार १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए । तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् ।

त्यस क्रममा उनले इन्स्टाग्राममा मनप्रित कौर नामकी युवतीको अकाउन्ट फेला पारे । त्यसमा जोडिएर महिनौँ कुराकानी गरे । युवतीले आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन् । कुराकानी गर्दै जाँदा उनीहरूको सम्बन्ध प्रेममा बदलियो ।

झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे । फोटो आदान प्रदान गरे । यति बेलासम्म उनीहरूले भेटघाट भने गरेका थिएनन् ।

अन्तिममा उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाए । र, आआफ्ना बुबाआमालाई फोनमा कुरा गर्न लगाए । सबै कुरा मिलेपछि ६ डिसेम्बरमा बिहे गर्ने निश्चित भयो ।

सबै कुरा मिलिसकेपछि दीपक दुबईबाट भारत आए । र, परिवारका केही सीमित व्यक्तिलाई लिएर जन्ती जाने तयारी गरे । तर, युवतीको परिवारले जन्तीमा गाउँभरका मान्छे ल्याउनुपर्ने माग राखे ।

दीपकको घर पञ्जाब राज्यको जलन्धार मन्दी भन्ने गाउँमा छ । युवतीले पन्जाबकै मोगा भन्ने सहरको ‘रोज गार्डेन प्यालेस’ नामक पार्टी प्यालेसमा आउन भनेकी थिइन् ।

त्यसपछि दीपक १५० जना जन्ती लिएर मोगा सहरमा पुगे । साँझ पाँच बजेसम्म पनि बेहुलीको तर्फबाट कोही नआएपछि पीडित बेहुला दीपकले स्थानीयलाई त्यस पार्टी प्यालेसका बारेमा सोधे । तर, त्यहाँ ‘रोज गार्डेन प्यालेस’ नामको कुनै पार्टी प्यालेस नै नभएको पाइयो ।

त्यस लगत्तै दीपकले युवतीलाई फोन गरे । तर, उनको फोन अफ थियो । सहरमा अलपत्र परेपछि दीपक र उनको परिवार नजिकैको प्रहरी चौकीमा गइ उजुरी दिए ।

युवतीले बिहेकै लागि भनेर दीपकसँग ५० हजार भारु मागेकी थिइन् । युवती पनि फोटोमा देखिएकी नै हुन् कि होइनन् भन्नेमा समेत दीपकलाई शङ्का लागेको छ । त्यस बाहेक उनको परिवार भनेकाहरू पनि नक्कली हुन भन्नेमा पनि उनको आशङ्का छ ।

दीपकका बुवा प्रेमचन्दले आफूलाई बिहेको सबै बन्दोबस्त मिलाउन महिनौँ लागेको बताएका छन् । पाहुनाका लागि ट्याक्सी, त्यसमा सजाउने फूल, भिडिओ ग्राफरमा लाखौँ खर्च गरेको उनको भनाइ छ ।
उनले भने, “हामीले मनप्रीतका अभिभावकसँग सिधा कुरा गरेका थिएनौं। सुरुमा विवाह डिसेम्बर २ मा गर्ने योजना थियो तर मनप्रीतका बुबाको स्वास्थ्य खराब भएको भन्दै डिसेम्बर ६ मा सारियो। हामीले विवाहका लागि ऋण लियौं र १५० पाहुना ल्यायौं, तर यस्तो स्थिति सामना गर्नुपर्‍यो।”

भारतीय समाचार मध्यमहरुका अनुसार मोगा सहरका एक प्रहरी अधिकारीले उजुरी परेको पुष्टि गरेका छन्। “हामी दुलहीलाई फोन नम्बरको आधारमा पत्ता लगाउँदैछौं र कल रेकर्ड तथा अन्य विवरणमार्फत थप अनुसन्धान गर्नेछौं,” उनले बताए।

यो सबै ठगी गर्नैकै लागि रचिएको षड्यन्त्र थियो वा युवती केही समस्याले गर्दा अलपत्र परेकी हुन् भन्ने खुलिसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै