2026-07-29 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाली राष्ट्रपतिलाई विदेश जान प्रतिबन्ध

एजेन्सी | दक्षिण कोरियाली राष्ट्रपति यून सुक योललाई विदेश जानबाट रोक लगाइएको छ।

दक्षिण कोरियाली कानुन मन्त्रालयले उनलाई विदेश जानबाट रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले लेखेको छ।

उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्नका लागि बनेको भ्रष्टाचार अनुसन्धान कार्यालयले सोमबार विदेशमा जानबाट रोक लगाउन अनुमति माग गरेको थियो। त्यसपछि कानुन मन्त्रालयले स्वीकृति दिएको हो।

गत मंगलबार राति अचानक सैनिक शासन (मार्सल ल)को घोषणा गरेर विवादमा तानिएका उनलाई विदेशमा जान रोकेको हो। उनले सैनिक शासन घोषणा गरेको ६ घण्टामै संसदबाट उल्‍टिएको थियो।

यो घटनापछि राष्ट्रपतिमाथि कोरियाले विभिन्न निकायहरूले छानबिन अघि बढाएका छन्। अनुसन्धान सुरू भएसँगै पूर्वरक्षा मन्त्री किम योङ-ह्युनलाई पक्राउ गरिसकेको छ।

प्रहरीको राष्ट्रिय अनुसन्धान कार्यालयबाट पनि १५० जनाको टोली बनाएर अनुसन्धान अघि बढाएको उक्त कार्यालय प्रमुख वू जोङ-सोले बताए।

सैनिक शासन लागुगर्ने घोषणा गरेपछि संसदमा उनीविरूद्ध महाअभियोगको प्रस्ताव पनि लगेको थियो। तर उक्त प्रस्ताव पनि अस्वीकृत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै