2026-09-27 05:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोमा उडिरहेको विमान अपहरण गरेर अमेरिकातिर लैजान खोज्ने व्यक्ति पक्राउ

काठमाडौँ | मेक्सिकोमा उडिरहेको विमान अपहरण गर्न खोज्ने एक ३१ वर्षीय व्यक्ति पक्राउ परेका छन्। आन्तरिक उडानको सो विमानलाई ती व्यक्तिले आइतबार बिहान अपहरण गर्ने कोसिस गरेका थिए।

सो विमान वोलारिस एयरलाइन्सको भएको बताइएको छ। ती व्यक्तिले सो विमानलाई अमेरिकातर्फ लैजान खोजेका थिए। अधिकारीहरूले उनको नाम मारियो एन भनेका छन्।

सो विमान मेक्सिकोको लियोनबाट तिउआनातर्फ गइरहेको थियो। अचानक ती यात्रुले विमान परिचारिकालाई आक्रमण गरेर ककपिटमा प्रवेश गर्न खोजेका थिए।

विमानलाई तत्कालै ग्वादालयारातर्फ लगिएको थियो। अवतरण लगत्तै सुरक्षाकर्मीले उनलाई पक्रेका छन्।

उनले यसरी विमान अपहरणको कोसिस गर्नुको कारण खुलेको छैन। यद्यपि, ती व्यक्तिका कुनै नातेदार अपहरणमा परेको र विमानमा चढ्नुअघि उनलाई तिउआनातर्फ गए ज्यानमार्ने धम्की आएको अधिकारीहरूले बताएका छन्।

ती व्यक्ति पत्नी र दुई सन्तानसहित विमानमा सवार थिए। उनी पक्राउ परेपछि विमानलाई सुरक्षित गन्तव्यतर्फ लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह