2026-09-26 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सिरियाको सत्ता कसको हातमा?

काठमाडौँ | आधा शताब्दीदेखि सिरियामा रहेको असद परिवारको दमनकारी शासनको अचानक अन्त्य भएपछि अब हयात तहरिर अल-शाम (एचटीएस) नेता अबु मोहम्मद अल जुलानीले सिरियाको नयाँ परिस्थितिमा निर्णायक भूमिका निर्वाह गर्ने पक्का भएको छ।

तर संयुक्त राष्ट्र संघ र पश्चिमी देशहरूले प्रतिबन्ध लगाएको यस संगठनका नेताहरू मात्र सिरियाको द्रूत रूपमा परिवर्तन भइरहेको अवस्थाका खेलाडी होइनन्।

युरोपेली इन्स्टिच्युट अफ पिसमा काम गर्ने वरिष्ठ सिरिया सल्लाहकार मेरी फरेस्टियरले ‘पटकथा अझै पूर्ण भ नसकेको’ बताउँछिन्।

वार्षिक दोहा फोरममा भाग लिने मेरी र अन्य सिरियाका पर्यवेक्षकका भनाइमा– त्यहाँ अर्को विद्रोही समूह थियो जुन राजधानीमा प्रवेश गरेको थियो र सहरका मानिसहरूसँग राम्रो सम्बन्ध थियो।

हालै यो समूहलाई दक्षिणी सञ्चालन कक्ष नाम दिइएको थियो।

यस समूहका अधिकांश लडाकु फ्रि सिरियन आर्मी (एफएसए) का पूर्वसदस्य हुन्, जसले सिरियाको २०११ को आन्दोलनमा पश्चिमसँग काम गरेका थिए।

‘खेल भर्खरै सुरु भएको छ’, फरेस्टियर भन्छिन्।

उनको भनाइले तीव्र गतिमा भएको घटनापछि सडकमा उत्सव मनाइएको देखिए तापनि अब के हुने भन्ने गम्भीर प्रश्न उठेको छ।

इस्लामिक चरमपन्थी समूह हयात तहरिर अल शाम आश्चर्यजनक गतिमा अगाडि बढ्यो र उसले खासै प्रतिरोधको सामना गर्नुपरेन। यसले सिरियाका अन्य क्षेत्रमा बाँकी रहेका विद्रोही समूह र सशस्त्र स्थानीय समूहको संख्या पनि बढाएको छ जो आफ्नो क्षेत्रमा शक्ति बाँडफाँट हुने आशामा छन्।

दोहा बैठकमा क्यानडाको ओटावा विश्वविद्यालयका मध्यपूर्वविज्ञ थोमस जुनोभ पनि उपस्थित थिए।

जुनोभ भन्छन्, ‘असद सरकारविरुद्धको लडाइँले यो स्वाभाविक गठबन्धनलाई एक बनाएको थियो। अहिले जब असदले देश छोडे, तब ती समूहको एकतालाई कायम राख्नु चुनौती बनेको छ।’

यी समूहमध्ये टर्की समर्थित मिलिसिया समूहको गठबन्धन पनि हो, जसलाई सिरियन राष्ट्रिय सेना भनिन्छ।

एचटीएसजस्तै उसको पनि उत्तरपश्चिम सिरियाको एक भागमा नियन्त्रण छ।

देशको उत्तरपूर्वी भागमा कुर्दिस सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) को वर्चस्व छ। पछिल्लो समय यो समूहले थप प्रगति गरेको छ।

जोर्डनलगायत अन्य छिमेकी मुलुक छिमेकमा इस्लामिक चरमपन्थीको सफलताले आफ्नो देशमा रहेका असन्तुष्ट चरमपन्थी समूहलाई हौसला दिन सक्ने चिन्तामा छन्।

टर्कीले सिरियामा ठूलो भूमिका खेल्ने निश्चित छ तर ऊ चिन्तित पनि छ। उसले एसडीएफलाई टर्कीको प्रतिबन्धित पीकेके कुर्दिस समूहसँग जोडिएको ‘आतंकवादी समूह’ मान्छ।

आफ्नो हित खतरामा पर्‍यो भने टकी सैन्य तथा राजनीतिक हस्तक्षेप गर्न हिचकिचाउँदैन, जुन उसले वर्षौंदेखि गरिरहेको छ।
रुसका विदेशमन्त्री सर्गेई लाभरोभले शनिबार दोहा फोरममा ‘आतंकवादी घोषित समूह (एचटीएस) ले सिरिया नियन्त्रण लिनु अस्वीकार्य हुने’ बताए।

तर साँझ सिरियाका लागि संयुक्त राष्ट्रका विशेष दूत गेइर पेडरसनले फोरममा ‘बदलिएको वास्तविकताको नयाँ बुझाइ’ भएको बताए।

पेडरसनको भनाइमा– उक्त पछिल्लो घटनाक्रमबाट निराश राष्ट्रपति असदका पूर्वकट्टर सहयोगी इरान र रुसले पनि समावेशी राजनीतिक प्रक्रिया सुरु गर्न आह्वान गरिरहेका छन्।

उनले दोहा बैठकपछि भने, ‘यो कालो अध्यायले गहिरो घाउ छाडेको छ, तर आज हामी सबै सिरियालीका लागि शान्ति, मेलमिलाप र मर्यादाको नयाँ अध्यायको प्रतीक्षामा छौँ।’

उनले बोल्दा सिरियाको ताजा समाचारको अपेक्षासहित बैठक हल विश्वभरका वरिष्ठ कूटनीतिज्ञ, विद्वान् र अधिकारीले भरिभराउ थियो।
सिरियाको भावी सरकार कस्तो होला भन्ने विषयमा कुनै पनि विज्ञ हतारमा केही भन्न चाहँदैनन्।

एक पश्चिमी कूटनीतिज्ञलाई कट्टरपन्थी इस्लामिक चरमपन्थीको प्रमुख भूमिकाबारे कुनै चिन्ता छ कि छैन भने सोध्दा उनले भने, ‘हामी अहिले यसतर्फ सोच्न चाहँदैनौँ। हामीले भर्खरै एचटीएससँग कुरा गर्न थालेका छौँ, जसले अहिलेसम्म हिंसारहित विद्रोह गरेको छ।’

यसमा सहमत हुँदै जुनोभ भन्छन्, ‘अहिलेका लागि पछिल्लो दशकमा सबैभन्दा क्रूर सरकारमध्ये एकको ऐतिहासिक पतनलाई मात्र प्रशंसा गर्नु उत्तम हुन्छ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह