2026-09-27 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन पक्राउ परे अल्लु अर्जुन?

काठमाडौँ | दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई शुक्रबार भारतको हैदराबाद प्रहरीले पक्राउ गरेको छ।

केही दिनअघि उनको फिल्म पुष्पा २’ हैदरबादमा प्रदर्शनका क्रममा भागदौड मच्चिँदा एक महिलाको मृत्यु भएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले सोधपुछका लागि चिक्कडपल्ली पुलिस स्टेसन पुर्‍याएको छ।

यस्तो थियो घटना
भारतीय सञ्चारमाध्यमका अनुसार यही डिसेम्बर ४ मा हैदरावादको एक थिएटरमा उनको फिल्म ‘पुष्पा २’ को प्रिमियरका क्रममा भागदौड मच्चिएको थियो।

त्यस क्रममा थिचिएर रेवती नामकी ३५ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा १३ वर्षीय श्रीतेज गम्भीर घाइते भएका छन्। उनको उपचार जारी छ।

आफू आउने जानकारी नदिई आउँदा भागदौड मच्चिएको र त्यस्तो घटना भएको आरोप अभिनेता अल्लु अर्जुनलाई लागेको हो।

घटनापछि प्रहरीले उनीसहित उनको व्यवस्थापन टोलीविरुद्ध नै जाहेरी दर्ता गरेको थियो।

मृतकको परिवारको उजुरीका आधारमा प्रहरीले अभिनेता अल्लु, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध चिक्कडपल्ली पुलिस स्टेसनमा भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ र ११८ (१) अन्तर्गत जाहेरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह