2026-09-06 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ वर्षमै पाकिस्तान ईयुको हवाई सुरक्षा चासोबाट हट्दा ११ वर्षसम्म नेपालमा प्रतिबन्ध कायमै

काठमाडौँ | नेपाल वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन युनियन अन्तर्गतको मोभिलिटी एण्ड टान्सपोर्ट डिभिजनले पुन: अस्वीकार गरेको छ ।

सन् २०२० देखि कमिसनले पाकिस्तानका वायु सेवा कम्पनीलाई पनि हवाई सुरक्षा चासोमा राख्दै आएको थियो । गत नोभेम्बर २९(मंसिर १४) गते कमिसनले पाकिस्तानलाई सुरक्षा चासोबाट हटाएको थियो। पाकिस्तानमा उड्डयन क्षेत्रमा सुधारका काम भएको भन्दै कमिसनले हवाई सुरक्षाबाट हटाएको कमिसनले नेपालमा भने हवाई सुरक्षाको काम नभएको जनाएको छ ।

गत शुक्रबार डिभिजनले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालका २० वटा वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा निरन्तरता दिएको हो ।

युरोपियन युनियनले नेपालका सबै कम्पनीलाई हवाई सुरक्षा चासोमा राख्दै युरोपियन आकाशमा उडान गर्न रोक लगाएको छ ।

युरोपियन युनियनले प्रत्येक ६/६ महिनामा (मे र नोभेम्बर) हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन सार्वजिनक गर्ने गरेको छ । यसअघि गत जेठमा सार्वजनिक प्रतिवेदन पनि नेपाली वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमै राखिएको थियो ।

विगतमा नोभेम्बरको अन्तिमदिन प्रतिवेदन सार्वजनिक हुने गरेको भए पनि यसपटक डिसेम्बर १३ मा हवाई सुरक्षा सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको हो ।

नेपाली वायु सेवा कम्पनीको सुरक्षा अवस्था कमजोर हुनुको साथै नेपालमा उड्डयन क्षेत्रको नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा एउटै संस्थाले काम गरिरहेको भन्दै युरोपियन कमिसनले सन् २०१३ देखि नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राख्दै आएको छ ।

कमिसनले नेपालका वायुसेवालाई हवाई सुरक्षा चासोबाट नहटाएपछि नेपाली वायु सेवा कम्पनीलाई युरोपको आकासमा उडान गर्न लागेको प्रतिबन्धले निरन्तरता पाएको हो ।

केही समयअघि देखि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले युरोपियन युनियन (ईयू) ले नेपाली उड्डयन क्षेत्रमा अपेक्षाभन्दा बढी सुधार भएको निष्कर्ष निकालेको दाबी गर्दै आएका थिए।

२०७९को भदौमा युरोपियन कमिसनको प्रतिनिधिमण्डल नेपालको उड्डयन सुरक्षाका विषयमा अध्ययन गर्न नेपाल आएको थियो । उड्डयन क्षेत्रमा भएका सुधारले नेपाल युरोपियन कमिसनको सुरक्षा चासोबाट हट्नेसमेत अधिकारीको दाबी थियो ।

‘नोभेम्बरमा बस्ने युरोपियन युनियन काउन्सिलको बैठकबाट नेपाल सुरक्षा चासोबाट बाहिरिने निश्चित छ,’ अधिकारीले दुई वर्षअघि भनेका थिए, ‘ईयूका प्रतिनिधिले नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको बताएका छन् ।’

प्राधिकरणका अधिकारीहरुले २०७९ माघमा यति एयरलाईन्सको दुर्घटना भएपछि नेपाली वायुसेवा कम्पनीहरु हवाई सुरक्षा चासोबाट नहटेको बताएका थिए ।

यो वर्षमात्र नेपाली आकाशमा दुई ठूला हवाई दुर्घटना भए । साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने साउन २३ गते एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए ।

निरन्तर हवाई दुर्घटना बढ्दा नेपाली उड्डयन क्षेत्रको नियामक प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्व महानिर्देशक नेपालले उड्डयन क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक नछुट्याउँदासम्म युरोपियन युनियनको सुरक्षा चासोबाट हट्ने सम्भावना नरहेको दाबी गर्छन् ।

ईयूको प्रतिबन्धले नेपाली वायु सेवा कम्पनीहरूलाई युरोपमा उडान गर्न रोक्ने असर जारी छ। नेपालले सुधारका ठोस कदम चाल्न ढिला गरिरहेकाले यो स्थिति बदलिन अझै समय लाग्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ