2026-09-27 04:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले बनायो क्यान्सरको खोप !

एजेन्सी | रुसको स्वास्थ्य मन्त्रालयले मंगलबार आफ्नो अनुसन्धान टोली क्यान्सरको खोप बनाउन सफल भएको घोषणा गरेको छ ।

यो जानकारी रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमा दिएका हुन्। रुसी समाचार एजेन्सी टासका अनुसार यो खोप अर्को वर्षदेखि रुसी नागरिकलाई नि:शुल्क दिइनेछ ।

निर्देशक आन्द्रेईले रुसले क्यान्सर विरुद्धको आफ्नै एमआरएनए खोप विकास गरेको बताए । रुसको यो खोजलाई शताब्दीकै सबैभन्दा ठूलो खोज मानिएको छ । खोपको क्लिनिकल परीक्षणहरूले देखाएअनुसार यसले ट्युमरको वृद्धि रोक्न मद्दत गर्दछ।

यस वर्षको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस क्यान्सरको भ्याक्सिन बनाउने प्रयासमा सफलताको नजिक पुगेको बताएका थिए ।

एमआरएनए भ्याक्सिन के हो ?

सरल भाषामा भन्दा जब कुनै भाइरस वा ब्याक्टेरियाले हाम्रो शरीरमा आक्रमण गर्छ, एमआरएनए प्रविधिले हाम्रो कोशिकाहरूलाई त्यो भाइरस वा ब्याक्टेरियासँग लड्न प्रोटिन बनाउन सन्देश पठाउँछ।

यसबाट, हाम्रो प्रतिरक्षा प्रणालीलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ र हाम्रो शरीरमा एन्टिबडीहरू बन्छन्। एमआर्एनए प्रविधिले परम्परागत खोप भन्दा छिटो खोप बनाउन सक्छ र यही यसको सबैभन्दा ठूलो फाइदा हो ।

यसका साथै एमआरएनए प्रविधिबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि मजबुत हुन्छ । यो क्यान्सर खोप एमआरएनए प्रविधिमा आधारित पहिलो खोप हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह