2026-09-27 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी

काठमाडौँ | कजाकस्तानमा भएको घातक हवाई दुर्घटनामा रूसको हात रहेको जनाइएको छ ।

अजरबैजानको प्रारम्भिक अनुसन्धानले रुसको वायु रक्षा प्रणालीले विमान खसालेको निष्कर्ष निकालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन ।

अजरबैजान एयरलाइन्सको फ्लाइट ८४३२ बुधबार दक्षिणी रुसको चेचन्या क्षेत्रको राजधानी ग्रोज्नी जाँदै गरेका बेला अक्ताउ सहरनजिकै दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा २९ जना घाइते भएका छन् ।

यद्यपि, अजरबैजानले यस प्रकरणको अनुसन्धानको निष्कर्ष सार्वजनिक रूपमा घोषणा गरिनसकेको

‘कि रूसी एन्टी एयरक्राफ्ट मिसाइल दोषी थियो,’ युरोन्युज, द वाल स्ट्रीट जर्नल, अनाडोलु एजेन्सी र रोयटर्स समाचार एजेन्सीलगायतले स्रोत उल्लेख गर्दै लेखेका छन् ।

उनीहरूले यो विमान खस्नुमा रूसको हात रहेको जिकिरसहित अजरवैजानले पनि त्यसलाई पुष्टि गरेको उल्लेख गरेका छन् ।

‘जहाजलाई रूसी प्यान्टसिर एस ब्याट्रीले प्रहार गरेको थियो, यसको सञ्चार इलेक्ट्रोनिक युद्ध प्रणालीले हमला गरेको थियो,’ प्रारम्भिक रिपोर्टमा भनिएको छ, ‘सुरुमा जहाजलाई मिसाइल हानिएको हो भन्ने विश्वास गरिएको थिएन ।’

यद्यपि, यसमा थप र विस्तृत छानबिन गरेपछि अजरबैजानले आफ्नो पहिलो रिपोर्ट चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

तर, रूसले भने यसमा कुनै प्रतिक्रिया दिएको छैन । तर, रूसका केही अधिकारीले यस आरोपको खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह