2026-09-27 04:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा बढ्दै एचएमपीभी संक्रमण, चार राज्यमा फैलियो

काठमाडौँ | भारतमा ह्यूमन मेटान्युमोभाइरस (एचएमपीभी) भाइरसको संक्रमण थप बढ्न थालेको छ। भारतमा यसबाट संक्रमित हुनेको संख्या ८ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

मंगलबार, महाराष्ट्रको नागपुरमा २ घटनाहरू रिपोर्ट गरिएको हो। दैनिक भास्करका अनुसार १३ वर्षीया बालिका र ७ वर्षीय बालकमा सङ्क्रमण देखिएको छ। दुवै बालबालिकालाई लगातार रुघाखोकी र ज्वरो आएको थियो। त्यसपछि निजी प्रयोगशालामा परीक्षण गर्दा दुवैको रिपोर्ट पोजेटिभ आएको हो। तर, उनीहरूलाई अस्पताल भर्ना गर्नु परेन। उपचारपछि उनीहरूको अवस्था सामान्य रहेको छ।

यसअघि सोमबार भारतको कर्नाटक र तमिलनाडुमा चार जना, पश्चिम बङ्गाल र गुजरातमा दुई जना गरी कुल ६ जनामा भाइरसको सङ्क्रमण देखिएको थियो। संक्रमित सबै बालबालिका हुन्।

भारतका चार राज्यमा एचएमपीभी संक्रमित भेटिएपछि स्वास्थ्यमन्त्री जेपी नड्डाले यो भाइरस सामान्य भएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह