असार २९, अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको ज्यान गएको छ । प्रहरी प्रवक्ताले उक्त ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २९, अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको ज्यान गएको छ । प्रहरी प्रवक्ताले उक्त ज"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बमलाई खेलौना ठान्दा चार बालबालिकाको मृत्यु

२०७४, २९ असार बिहीबार १३:४२


असार २९, अफगानिस्तान । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बुधबार बम विस्फोटमा परी चार बालबालिकाको ज्यान गएको छ । प्रहरी प्रवक्ताले उक्त जानकारी दिनुभएको छ । 

विस्फोटमा मारिएका ती बालबालिका एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन् । विस्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो । 

यसरी पड्किएपछि ती बालबालिकाको घटनास्थलमा नै ज्यान गएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिनुभएको समाचारमा जनाइएको छ । 

तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ । 

अफगानिस्तानको राजधानी काबुलबाट १८० किलोमिटर उत्तरमा पर्ने बुर्का जिल्लामा तालिवान आतङ्ककारी समूह सक्रिय रहेका छन् । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट