२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति

२०८१, १ माघ मंगलवार ११:२३

काठमाडौँ | गाजामा युद्धविराम तथा इजरायली बन्धकहरूको रिहाइका लागि इजरायल र हमास सम्झौताको नजिक पुगेक छन् । एक प्यालेस्टिनी अधिकारीले दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका छन् ।

एक इजरायली अधिकारीले समाचार संस्था रोयटर्सलाई वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । केही घण्टा या दिनमा सम्झौता हुन सक्ने उनले बताएका छन् । बीबीसीका अनुसार सम्झौता भएको पहिलो दिन समासले तीन बन्धकलाई रिहा गर्न दुवै पक्ष सहमत भएका छन् । त्यसपछि इजरायलले आफ्ना सैनिकलाई फिर्ता बोलाउन सुरु गर्नेछ ।

त्यसको ७ दिनपछि हमासले अन्य चार जना बन्धकहरूलाई रिहा गर्नेछ । इजरायलले भने दक्षिणी क्षेत्रबाट विस्थापित भएकाहरूलाई उत्तरतर्फ जाने अनुमति दिनेछ । यद्यपि, उनीहरू तटीय क्षेत्रका सडकबाट पैदल जान सक्छन् ।

बीबीसीका अनुसार युद्धविराम सम्झौतामा इजरायली सेना फिलाडेल्फी कोरिडोरमा रहने र ४२ दिनको पहिलो चरणमा पूर्वी तथा उत्तरी सीमा ८०० मिटरको बफरजोन बनाइइने उल्लेख छ । उक्त सम्झौताअनुसार इजरायल १ हजार प्यालिस्टिनी कैदीलाई रिहा गर्न सहमत भएको छ । त्यसमध्ये १९० यस्ता कैदी छन् जो १५ वर्ष या त्योभन्दा धेरै समयदेखि सजाय काटीरहेका छन् । यसको बदलामा हमास ३४ बन्धकलाई रिहा गर्नेछ ।

यो सम्झौताअनुसार दोस्रो तथा तेस्रो चरणको वार्ता पहिलो चरणको १६औँ दिनमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी