९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति

१ माघ २०८१, मंगलवार ११:२३

काठमाडौँ | गाजामा युद्धविराम तथा इजरायली बन्धकहरूको रिहाइका लागि इजरायल र हमास सम्झौताको नजिक पुगेक छन् । एक प्यालेस्टिनी अधिकारीले दुवै पक्ष सम्झौताको नजिक पुगेको बताएका छन् ।

एक इजरायली अधिकारीले समाचार संस्था रोयटर्सलाई वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । केही घण्टा या दिनमा सम्झौता हुन सक्ने उनले बताएका छन् । बीबीसीका अनुसार सम्झौता भएको पहिलो दिन समासले तीन बन्धकलाई रिहा गर्न दुवै पक्ष सहमत भएका छन् । त्यसपछि इजरायलले आफ्ना सैनिकलाई फिर्ता बोलाउन सुरु गर्नेछ ।

त्यसको ७ दिनपछि हमासले अन्य चार जना बन्धकहरूलाई रिहा गर्नेछ । इजरायलले भने दक्षिणी क्षेत्रबाट विस्थापित भएकाहरूलाई उत्तरतर्फ जाने अनुमति दिनेछ । यद्यपि, उनीहरू तटीय क्षेत्रका सडकबाट पैदल जान सक्छन् ।

बीबीसीका अनुसार युद्धविराम सम्झौतामा इजरायली सेना फिलाडेल्फी कोरिडोरमा रहने र ४२ दिनको पहिलो चरणमा पूर्वी तथा उत्तरी सीमा ८०० मिटरको बफरजोन बनाइइने उल्लेख छ । उक्त सम्झौताअनुसार इजरायल १ हजार प्यालिस्टिनी कैदीलाई रिहा गर्न सहमत भएको छ । त्यसमध्ये १९० यस्ता कैदी छन् जो १५ वर्ष या त्योभन्दा धेरै समयदेखि सजाय काटीरहेका छन् । यसको बदलामा हमास ३४ बन्धकलाई रिहा गर्नेछ ।

यो सम्झौताअनुसार दोस्रो तथा तेस्रो चरणको वार्ता पहिलो चरणको १६औँ दिनमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता